आज मितिः २०८३ बैशाख १२ गते

सात दिनभित्र दर्ता नभए फेसबुक नेपालमा प्रतिबन्ध लगाईने सञ्चारमन्त्री गुरुङको चेतावनी

काठमाण्डौं-

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल फेसबुक सञ्चालक कम्पनी मेटालाई नेपालमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।

शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हकसम्बन्धी कार्यक्रममा उनले मेटालाई नेपालमा दर्ता हुन पटक–पटक सूचना जारी गरिए पनि कम्पनीले अटेर गरेको बताए । तेस्रो पटकको सूचनाको म्याद केही दिनअघि सकिएको उल्लेख गर्दै उनले अबको सात दिनभित्र दर्ता नभए प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।

उनले मेटाबाट नेपालमा सञ्चालित फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालबाट प्रत्येक घण्टा पैसा बाहिरिरहेको बताए। अब सात दिनभन्दा बढी समय दिइँदैन। यसबीचमा हामीले उनीहरूलाई खोज्दै हिड्यौं। देशभन्दा ठूलो रे उनीहरू। उनीहरूको घमण्ड के रैछ भने नेपालको जीडीपी कति हुन्छ ररु इत्ति। हाम्रो संस्थाभन्दा धेरै सानो हो नेपाल त भन्दो रैछ। मुलुकको स्वाधीनता पैसामा जोडिँदैन।

मन्त्री गुरुङका अनुसार हालसम्म नेपालमा टिकटक, भाइबर र वि–टक मात्र दर्ता भएका छन्।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.