आज मितिः २०८३ बैशाख १९ गते

शिक्षामन्त्री पन्तले शिक्षकहरुलाई वार्तामा बोलाए

काठमाडौं-

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका छन्।

उनले विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका हुन्। ुशिक्षकहरुसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु,ु मन्त्री पन्तले विज्ञप्ति जारी गर्दै भनेका छन्।

हिजोमात्रै सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकलाई कार्यक्षेत्रमा फर्काउने वातावरण बनाउन आदेश दिएको थियो ।

विभिन्न माग राखेर देशभरका सरकारी शिक्षक तीन सातादेखि काठमाडौंमा आन्दोलनरत छन्।

यसअघि शिक्षा मन्त्रालयले चैत २१ गते पनि महासंघलाई वार्तामा डाकेको थियो। त्यसपछि चैत २६ र २७ गते पनि सरकारलाई महासंघलाई वार्तामा डाकेको थियो। दुवै पटक शिक्षक महासंघ वार्तामा गएको थिएन। महासंघको अगुवाइमा देशभरका शिक्षक राजधानी केन्द्रित सडक आन्दोलनमा छन्। विद्यालय शिक्षा विधेयक तत्काल संसद्बाट पारित हुनुपर्ने माग शिक्षकहरूको छ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.