आज मितिः २०८३ बैशाख ८ गते

परिवेश अनुसारको सिकाई आजको आवस्यकता : नगर शिक्षा अधिकृत सिलवाल

बैशाख २०, रत्ननगर ।
रत्ननगर १० मा रहेको एञ्जल्स वर्ल्ड स्कुलले आज अभिभावक तथा विद्यार्थीहरुको उपस्थितिमा वार्षिक पुरस्कार वितरण, नया विद्यार्थीहरुलाई स्वागत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत ८७ जना नया भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । सोहि कार्यक्रमको अवसरमा स्कुलका विद्यार्थीहरुले विविध भेषभुषामा सजिएर दर्जन बढी नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी रहनुभएकी रत्ननगर नगरपालिकाकी नगर शिक्षा अधिकृत सुमना सिलवालले परिवेश अनुसारको सिकाई कार्यक्रमलाई विद्यालयले जोड दिनुपर्ने बताउनुभयो । हरेक जात जातीको संस्कृति तथा परम्परालाई विद्यार्थीले विद्यालय तह बाटै बुझ्न जरुरी रहेको भन्दै एञ्जल्सले यस सम्बन्धी कार्यक्रमलाई जोड दिएको भन्दै प्रशंशा समेत गर्नुभयो । साथै सिलवालले अभिभावकहरु जिम्वेवार बन्नुपर्नेमा समेत जोड दिनुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष युगबहादुर थापा, क्रिष्टल कलेजका पुर्व प्रमुख गितानाथ अर्याल, सेकोब्स चितवनका अध्यक्ष विष्णुमणि लामिछाने, प्लस टु कोअर्डिनेटर तथा संचालक सदस्य भवनराज पाण्डे, शिक्षक अभिभावक संघका अध्यक्ष रामु आचार्य लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम अन्तर्गत शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्राचार्य गणेश शर्माले विद्यालयको वार्षिक शैक्षिक योजना प्रस्तुत गर्नुभएको थियो । विद्यालयले यसै सत्रदेखि सुरुवात गर्न लागेका नया शैक्षिक गतिविधी तथा वार्षिक महत्वकांछी कार्यक्रमहरुको बारेमा जानकारी दिनुहुँदै प्राचार्य शर्माले विद्यालयको गरिमालाई थप उकास्न आफुहरुले कुनै कसर नछोड्ने बताउनुभयो । यस अघि नै जारी रहेका पाठ्यभार र प्रयोगात्मकतालाई बराबर हुने गरी फिप्टी फिप्टी मुल्यांकन, प्रतिमहिना १ दिन बुक फ्री डे , भ्रमण तथा प्रदर्शनीको व्यवस्था , विभिन्न जातजातीको सांस्कृतिक पक्षको जानकारी , स्कुलको आफ्नै मोवाईल एप थप प्रभावकारी ढंग बाट अगाडी बढाईने प्राचार्य शर्माको भनाई थियो ।

सोहि कार्यक्रमको अवसरमा विद्यालयको क्यालेन्डर विमोचन गरिएको छ । त्यस्तै बर्षभरी उत्कृष्ठ गतिविधि प्रस्तुत गर्ने विद्यार्थीलाई विविध टाईटलबाट सम्मान समेत गरिएको छ, स्टुडेण्ट अफ द इयरको अवार्ड पुरुष तर्फ अनिल शर्मा तथा महिला तर्फ अङ्गिस्ता रिमालले हात पारेका छन् ।

विद्यालयकी प्राईमरी इन्चार्ज कविता भट्ट ढकालले संचालन गर्नुभएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोम प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.