आज मितिः २०८३ भाद्र ३१ गते

ताजा अपडेट

भीषण बाढीका कारण हालसम्म ६१६ जनाको शव फेला

भीषण बाढीका कारण हालसम्म ६१६ जनाको शव फेला

काठमाडौं- भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६१६ जनाको शव फेला परेको छ।नेपाल प्रहरीका अनुसार अहिलेसम्म ६१६ जनाको शव फेला परेको हो। जसमा रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको हो। रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये २७ जना सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ। सम्पर्कविहीन मध्ये एक जनाको शव फेला परेको छ।त्यस्तै अहिलेसम्म २३०१ जना घाइते तथा अन्यको उद्धार गरिएको छ।
Read More
बाढी प्रभावित जिल्लामा एनआरएनएको राहत तथा स्वास्थ्य शिविर सञ्चालन

बाढी प्रभावित जिल्लामा एनआरएनएको राहत तथा स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं- रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघले सहयोगलाई तीव्रता दिएको छ। संघका टोली भदौ ११ गतेदेखि प्रभावित क्षेत्रमा खटिएको छ। संघले नुवाकोटमा दुई दिनमा करिब ५० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको जनाएको छ। राहत सामग्रीमा ५०० थान त्रिपाल, ५०० थान सौर्य बत्ती, ५०० परिवारका लागि खाद्यान्न, लत्ताकपडा, चप्पल, म्याट, कम्बल, खानेपानी र औषधिलगायत सामग्री रहेका छन्। संघले जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय तहसँग समन्वय गरी राहत वितरण गरिरहेको जनाएको छ। नुवाकोटको विदुर–५ स्थित आश्रयस्थल तथा पिपलटारको चन्द्रज्योति माध्यमिक…
Read More
पृथ्वी राजमार्गमा थुप्रिएको लेदो पन्छाएसँगै सवारीसाधन सञ्चालनमा

पृथ्वी राजमार्गमा थुप्रिएको लेदो पन्छाएसँगै सवारीसाधन सञ्चालनमा

काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएसँगै राजमार्गमा सवारीसाधनको आवागमन सुचारु भएको छ। लेदोका कारण सडकमा रोकिएका तथा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ। पहिलो चरणमा अत्यावश्यक सवारीसाधनलाई प्राथमिकताका आधारमा आवागमनको व्यवस्था मिलाइएको हो। राजमार्ग खुलाउने तथा सडकमा थुप्रिएको लेदो पन्छाउने काम जारी राख्दै पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। --फाईल तस्वीर
Read More
आज श्रावण शुक्ल पूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

आज श्रावण शुक्ल पूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौं- आज श्रावण शुक्ल पूर्णिमाका दिन देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ। रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा…
Read More
टिचिङ अस्पतालमा उपचारका क्रममा एक पुरुषको मृत्यु

टिचिङ अस्पतालमा उपचारका क्रममा एक पुरुषको मृत्यु

काठमाडौं - रसुवामा आएको विनाशकारी बाढीमा परी घाइते भएकाहरु बिहिबार बिहानसम्म २६ जनालाई उपचारका लागि टिचिङ ल्याइएको छ। उनीहरूमध्ये २५ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार अस्पतालमा ल्याइएका घाइतेमध्ये ६ जनाको आईसीयूमा उपचार भइरहेको छ। बाढी प्रभावित क्षेत्रबाट थप ५० देखि ६० जना घाइते उपचारका लागि शिक्षण अस्पताल आउन सक्ने सूचना प्राप्त भएको उनले बताए ।सम्भावित बिरामीको चापलाई ध्यानमा राखेर अस्पतालले आवश्यक तयारी गरिसकेको पनि उनले जानकारी दिए । उनका अनुसार थप आउने घाइतेमध्ये अत्यन्त गम्भीर तथा आईसीयू आवश्यक पर्नेभन्दा चोटपटक लागेका बिरामीको संख्या बढी हुन सक्ने अनुमान गरिएको…
Read More
टप एण्ड टी–२० मा नेपालको लगातार जित

टप एण्ड टी–२० मा नेपालको लगातार जित

काठमाण्ठौ - कप्तान कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपाल ‘ए’ले अस्ट्रेलियामा चलिरहेको टप एन्ड टी–२० शृंखलामा लगातार दोस्रो जित निकालेको छ । नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी ९एसीटी०लाई ४ विकेटले पराजित गर्दै जीत निकालेको हो । एसीटीले दिएको १४१ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालका भुर्तेलले सर्वाधिक ६१ रनको योगदान गरे । उनले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । त्यस्तै पवन सराफले अविजित २९, मयन यादवले २१ र लोकेश बमले १२ रन बनाए । एसीटीका जेक केओघले तीन र जित मेहताले दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो…
Read More
रामेछापमा २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

रामेछापमा २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

काठमाण्डौं- रसुवागढी र आसपासको क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी रामेछाप जिल्लाका २६ जना नागरिक बेपत्ता भएको विवरण सार्वजनिक भएको छ।प्राप्त विवरणअनुसार उनीहरू बाढीपछि सम्पर्कविहीन भएका रामेछापबाट निर्वाचित वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले जानकारी दिए । बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा स्थानीयवासीलाई आवश्यक पहल गरिदिन परिवारले आग्रह गरेका छन्। बेपत्ता व्यक्तिका परिवारजनलाई भरपर्दो सूचना नआएसम्म नआत्तिई धैर्य गर्न अनुरोध गरिएको छ। प्राप्त विवरणअनुसार बेपत्ता हुनेहरूमा रामेछाप नगरपालिका, मन्थली नगरपालिका, खाँडादेवी, दोरम्बा शैलुङ, गोकुलगंगा, उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिकाका नागरिक रहेका छन्। उनिहरुलाई खोजी तथा उद्धारको क्रममा बेपत्ता व्यक्तिको संख्या वा विवरणमा थपघट हुन…
Read More
हालसम्म भोटेकोशीमा आएको बाढीका कारण १५७ जनाको सव फेला

हालसम्म भोटेकोशीमा आएको बाढीका कारण १५७ जनाको सव फेला

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको सव फेला परेको छ। नेपाल प्रहरीका अनुसार हालसम्म ३४ महिला, ६३ पुरुष, छ जना बालिका, सात जना बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ। त्यसैगरी, तनहुँमा एक महिला, पाँच पुरुष, एक बालिका, एक बालक र पहिचान नखुलेका एक जनाको शव भेटिएको छ। रसुवामा तीन पुरुषको शव भेटिएको छ। साथै नुवाकोटमा छ महिला र सात पुरुष, धादिङमा १० महिला, १० पुरुष, एक बालिका तथा छ जना ९पहिचान नखुलेको०को शव भेटिएको छ।…
Read More
चितवनमा क्षत्री समाजको आयोजनामा ‘दर खाने तथा साँस्कृतिक कार्यक्रम’ हुँदै

चितवनमा क्षत्री समाजको आयोजनामा ‘दर खाने तथा साँस्कृतिक कार्यक्रम’ हुँदै

रवि रोषी चितवन - क्षत्री समाज नेपाल, चितवनको आयोजनामा हरितालिका तीजको अवसर पारेर तीज विशेष ‘दर खाने तथा सांस्कृतिक कार्यक्रम’ आयोजना हुने भएको छ। कार्यक्रम भदौ १३ गते भरतपुर  वडा नं ४ स्थित चितवन फुटमार्टमा हुने आयोजकले जनाएकाे छ । समाजका अध्यक्ष टिकाराम कुँवरका अनुसार कार्यक्रममा छोटो शुभकामना आदान–प्रदानसँगै विभिन्न प्रतियोगितात्मक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रमअन्तर्गत विभिन्न विधामा प्रतियोगिता आयोजना गरी उत्कृष्ट सहभागीलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।प्रतियोगिता तथा पुरस्कारका विधा एकल नृत्य (रेकर्डेड गीत), एकल नृत्य (लाइभ गीत), सामूहिक प्रस्तुति (रेकर्डेड गीत), सामूहिक प्रस्तुति (लाइभ गीत), ४० वर्षमाथिका लागि लाइभ प्रस्तुति, ४० वर्षमुनिका लागि प्रस्तुति रहने समाजका…
Read More

रसुवामा बुधबार बिहान आएको भीषण बाढीले अनुमानभन्दा धेरै ठूलो क्षति

काठमाडौं( रसुवामा बुधबार बिहान आएको भीषण बाढीले अनुमानभन्दा धेरै ठूलो क्षति पुर्‍याएको छ । प्रभावित क्षेत्रमा स्थानीयसँग सम्पर्क टुट्दा उद्धार तथा क्षतिको विवरण संकलनमा चुनौती थपिएको छ। बाढीले टिमुरे, स्याफ्रुबेँसी, मैलुङबेँसी, त्रिशूली बजारलगायत रसुवा तथा नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।रसुवा जाने सडकमार्ग अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल सडकबाट पुग्न नसकिने अवस्था रहेको छ। अहिले हवाईमार्गबाट उद्धार तथा राहतका लागि पुग्ने प्रयास भइरहेको जानकारी दिँदै उनले उपलब्ध हेलिप्याड र अस्पताललाई पूर्ण रूपमा परिचालन गरेको सरकारले जनाएको छ। अहिले हवाईमार्गबाट गएर कति उद्धार गर्न सकिन्छ र कसरी सहयोग पु¥याउन सकिन्छ भन्नेमा सरकार र सम्बन्धित निकाय लागिरहेका छन्।’सरकारले विपद्पछि तत्काल प्रतिक्रिया…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.