आज मितिः २०८३ भाद्र १२ गते

बाढी प्रभावित जिल्लामा एनआरएनएको राहत तथा स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं-

रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघले सहयोगलाई तीव्रता दिएको छ।

संघका टोली भदौ ११ गतेदेखि प्रभावित क्षेत्रमा खटिएको छ। संघले नुवाकोटमा दुई दिनमा करिब ५० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको जनाएको छ।

राहत सामग्रीमा ५०० थान त्रिपाल, ५०० थान सौर्य बत्ती, ५०० परिवारका लागि खाद्यान्न, लत्ताकपडा, चप्पल, म्याट, कम्बल, खानेपानी र औषधिलगायत सामग्री रहेका छन्।

संघले जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय तहसँग समन्वय गरी राहत वितरण गरिरहेको जनाएको छ। नुवाकोटको विदुर–५ स्थित आश्रयस्थल तथा पिपलटारको चन्द्रज्योति माध्यमिक विद्यालयमा आश्रय लिइरहेका प्रभावितलाई राहत सामग्री वितरण गरिएको छ। भौगोलिक कठिनाइका कारण प्रत्यक्ष पुग्न नसकिने क्षेत्रमा पनि सम्बन्धित निकायसँग समन्वय गरी राहत पुर्‍याउने संघले जनाएको छ।

यसैगरी संघसँगै नुवाकोट पुगेको स्वास्थ्यकर्मीको टोलीले प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ। थप स्वास्थ्य शिविरमार्फत स्वास्थ्य परीक्षण, प्राथमिक उपचार, औषधि वितरण तथा स्वास्थ्य परामर्श दिइने संघले जनाएको छ। थप उपचार आवश्यक पर्ने बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने व्यवस्था गरिनेछ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.