आज मितिः २०८३ भाद्र १२ गते

पृथ्वी राजमार्गमा थुप्रिएको लेदो पन्छाएसँगै सवारीसाधन सञ्चालनमा

काठमाडौं-

पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएसँगै राजमार्गमा सवारीसाधनको आवागमन सुचारु भएको छ।

लेदोका कारण सडकमा रोकिएका तथा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ। पहिलो चरणमा अत्यावश्यक सवारीसाधनलाई प्राथमिकताका आधारमा आवागमनको व्यवस्था मिलाइएको हो।

राजमार्ग खुलाउने तथा सडकमा थुप्रिएको लेदो पन्छाउने काम जारी राख्दै पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

–फाईल तस्वीर

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.