चितवन सेवा समाज नेपालद्वारा चितवनका प्रहरी प्रमुखलाई स्वागत
चितवन - जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक(एस.पी) रामेश्वर पौडेललाई यस चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालले स्वागत गरेको छ । भरतपुरमा एक कार्यक्रम बिच समाजका अध्यक्ष लाल बहादुर भट्टको अध्यक्षतामा उहाँलाई स्वागत गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेल,बिशेष अतिथी संस्थापक अध्यक्ष एवं सल्लहाकार मुक्ति प्रसाद अधिकारी, संरक्षक एवं निवर्तमान अध्यक्ष दीपक गौतमले मन्तव्य राख्नु भएको थियो। त्यस्तै सल्लाहाकार प्रभा शर्मा पौडेल अतिथि हरुमा सस्थाका उपाध्यक्ष ईश्वर राज अधिकारी, सीता अधिकारी, सचिव अर्जुन अधिकारी कोषाध्यक्ष राम भट्टराई सदस्यहरु लीला पौडेल,काशीराम कंडेल,बिद्या प्रसाद आचार्य,आजीवन सदस्यहरू अग्निधर गौतम,खगेन्द्र प्रसाद सापकोटा साथै…