आज मितिः २०८३ असार २ गते

विदेश

अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिकाबाट थप ३७ जना नेपालीलाई निष्कासन

अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिकाबाट थप ३७ जना नेपालीलाई निष्कासन

काठमाण्डौ- अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिकाले थप ३७ जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका पुगेका र त्यहाँको अध्यागमनको कानुन उल्लंघन गरेका भन्दै ३७ नेपालीलाई अमेरिकाले निष्काशन गरेको हो।   बुधबार चार्टर्ड जहाजबाट उनीहरू काठमाडौं आइपुग्दैछन्। ३७ जना नेपालीलाई निष्कासन गरिएको बारे अमेरिकाले नेपाल सरकारलाई जानकारी गराइसकेको छ।       अध्यागमन स्रोतका अनुसार भोलि साढे २ बजेतिर ३७ जना निष्काशित नेपालीलाई लिएर अमेरिकाको चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ। निष्काशित हुनेहरू अधिकांश २६ देखि ३० वर्ष उमेर समूहका छन्। उनीहरू अधिकांशसँग पक्राउ पर्ने क्रममा कागजात थिएन।     अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिकामा उनीहरूलाई पक्राउ…
Read More
नेपाल दोलखाकी महारानी खाडीमा ट्याक्सी गुडाउँदै 

नेपाल दोलखाकी महारानी खाडीमा ट्याक्सी गुडाउँदै 

दोहा - बुवा छत्र बहादुर शाह र आमा दिल कुमारी शाहकी कान्छी छोरी इन्दिरा शाह उर्फ  महारानी युनिक दोलखामा जन्मनु भएको हो । गायन क्षेत्रमा इन्दिरा नामै काफी थियो उति बेलाको समयमा तर अहिले महारानीले देश विदेशमा परिचित हुनुहुन्छ ।   आफ्नो बाल्यकालको बारेमा महारानीले यसो भन्नु भयो, मेरो बिध्यार्थी जीवन गाउमै बित्यो म जन्मेको गाउँ दोलखा जिल्लाको मकैबारी हो म सानै देखि नाच्ने गाउने, खेल खेल्न अति रुचाउने गर्थे र स्कुलमा हुने हरेक प्रतियोगिताहरुमा म सहभागी हुने गर्थे हरेकमा मैले सफलता पाएको पनि छु ।त्यसै अन्तरगत म राजधानी आएपछि खेलकुद सङ्गै मैले गायन यात्रा सुरुगरे भने मेरो पेसा नै गायन…
Read More
क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं-   वैदेशिक रोजगारीको लागि क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वर बस्ने डडेल्धुरा भागेश्वर गाउँपालिका-५ घर भएका २४ वर्षीय सुरेश नाथ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ बस्ने संखुवासभा मकालु गाउँपालिका-४ घर भएका ४३ वर्षीय धन बहादुर राई रहेका छन् ।   पक्राउ मध्ये सुरेशले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १७ लाख १ हजार रूपैयाँ र धन बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरेशलाई…
Read More
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

  काठमाडौं- मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका-४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका-२ घर भएका कल बहादुर बस्नेत पक्राउ परेका छन् । एनसिबि आबुधाबी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको छ ।   उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस ११ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।   उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि मानव बेचबिखन ब्यूरो पठाइएको छ । श्रोत - नेपाल…
Read More
दुबईमा खुल्यो जे एण्ड डि ज्वेलरी पसल

दुबईमा खुल्यो जे एण्ड डि ज्वेलरी पसल

दुबई - दुवईको वर दुबईमा नयाँ सामग्री सहित होलसेल तथा खुद्रा जे एण्ड डि ज्वेलरी पसल सञ्चालनमा आएको छ। पसल एक कार्यक्रमको बिचमा नेपालकी लोक तथा दोहरी गायिका टीका सानुले उद्घाटन गर्नु भएको हो । काठमाण्डौको सप नम्बर २६ पछि अब विदेशमा पनि सुरु गरिएको सञ्चालिका मिनु शर्मा सपनाले बताउनु भयो । उहाँका अनुसार अब दुबई सहरमा राशि अनुसारको सम्पूर्ण गरगहना उपलब्ध हुने छन् । नेपालमा पहिलो पटक सक्कली मोतिका मालाहरु भित्र्याउन आफूले चाइना यु र भारतको जयपुर हुँदै नेपालको ७७ जिल्लामा नै होलसेलमा जाने गरेको उहाले बताउनु भयो । सामाजिक क्षेत्रमा पनि उत्तिकै रुचि राख्नुहुने सपनाले आफ्नो पसलमा राशि…
Read More
नेपाली राजदुतावास युएईले आयोजना गरेको निस्शुल्क स्वास्थ्य शिविरमा सय बढीले लिए सुविधा  दुबई

नेपाली राजदुतावास युएईले आयोजना गरेको निस्शुल्क स्वास्थ्य शिविरमा सय बढीले लिए सुविधा दुबई

दुबई- नेपाली राजदुतावास युएईले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा सय भन्दा बढीले सेवा लिएका छन् । युएईमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरूको लागि नेपाली राजदूतावास, अबुधाबीले भदौ २ गते एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। उक्त शिविरमा सेवाग्राहीलाई एल एल एच अस्पताल आबु धाबीबाट आउनु भएका डाक्टर तथा नर्सहरुसहितको स्वास्थ्यकर्मीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन्।   स्वास्थ्य परीक्षणका अवसरमा, सुगर, प्रेसर, दाँत को चेक जाँच तथा फिजिसियनद्वारा कन्सुलेसन् उपलब्ध गराइएको थियो। स्वास्थ्य परीक्षणसँगै स्वास्थ्यकर्मीहरूले शारिरीक तथा मानसिक समस्या र समाधानका विषयमा जानकारी गराउनु भएको थियो।   उक्त कार्य्रममा काउन्सेलर तथा उपनियोग प्रमुख रन्जिता दाहालले श्रम, राहदानी तथा कन्सुलरसँग…
Read More
विमानस्थलमा पार्किङमा राखिएको अर्को विमानसंग ठोक्किँदा भीषण आगलागी

विमानस्थलमा पार्किङमा राखिएको अर्को विमानसंग ठोक्किँदा भीषण आगलागी

अमेरिकाको मोन्टाना विमानस्थलमा अवतरण गर्ने क्रममा एक विमान पार्किङमा राखिएको अर्को विमानसंग ठोकिदा भीषण आगलागी भएको छ । घटना लगत्तै मोन्टाना विमानस्थल बन्द गरी सम्पूर्ण उडानहरू केही बेरका लागि रद्द गरिएको थियो । आगलागीका कारण विमानस्थलको आकाशमा धुँवाको मुस्लोले भरिएको थियो ।   घटनाका कारण अवतरणका क्रममा रहेको विमानका यात्रु मध्ये ३ जनालाई सामान्य चोटपटक लागेको छ भने पार्किङमा राखिएको विमान भने जलेर नष्ट भएको छ । अमेरिकी सङ्घीय उड्डयन प्रशासन एफएमका अनुसार, सोकाटा टीबीएन ७०० टर्बोप्रोप विमानले विमानस्थलको पार्किङमा रहेका विमानलाई ठक्कर दिएको हो ।   आगलागी हुनुअघि विमानमा सवार पाइलट र तीन यात्री आफैँ बाहिर निस्कन सफल भएका…
Read More
खुल्यो ईपीएस, भाषा परीक्षाका लागि आजदेखि आवेदन शुरू 

खुल्यो ईपीएस, भाषा परीक्षाका लागि आजदेखि आवेदन शुरू 

काठमाडौँ- रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आजदेखि आवेदन दिन पाइने भएको छ।   श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको ईपीएस कोरिया शाखाले सोमबार सूचना जारी गर्दै भाषा परीक्षाका लागि आवेदन माग गरेको हो। आज सोमबारदेखि बिहीबारसम्म आवेदन दिने म्याद तोकिएको छ। यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन्। जस अन्तर्गत उत्पादनमुलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जना उत्तीर्ण गरिनेछ। यो संख्यामा केही थप घट हुन सक्ने पनि ईपीएस शाखाले जनाएको छ  
Read More
दुबईमा महालक्ष्मी बचत तथा सहकारीको १० अगस्टमा तीज धमाका हुने

दुबईमा महालक्ष्मी बचत तथा सहकारीको १० अगस्टमा तीज धमाका हुने

दुबई- नेपाली महिलाहरुको महान पर्ब तीजको अवसरमा दुवईको  बरदुबईमा तीज धमाका २०२५ हुने भएको छ । यहि आउँदो अगष्ट १० तारिख बर दुबईको ग्रयाण्ड एम्बास्डर होटलमा धमाका हुने भएको हो । कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरुको साथै स्थानीय कलाकारहरुको बेजोड प्रतुती रहने छ । कार्यक्रममा लोक दोहारी क्षेत्रकी चर्चित गायिका टिका सानुको प्रस्तुति रहने कार्यक्रमका संयोजक ईन्द्रमणि बेलबासेले जानकारी दिनु भयो । अर्का गायक तथा हाँस्यव्यंग्य कलाकार पुरुषेत्तम भण्डारी वा पुर्खे बाको धमाका हुने पनि संयोजक बेलबासेले बताउनु भयो । स्थानीय गायक बाबुराम परियारले आफ्नो एल्वम अन्तिम पल्ट भेट्न मन लाछ, छिन छिन चुराको, राम्रोसग मनाउ दशैलाइबाट गीतहरु प्रस्तुत गर्ने कार्यक्रमका…
Read More
अमेरिकी भीसामा नयाँ नियम,सामाजिक सञ्जाल अनुगमन 

अमेरिकी भीसामा नयाँ नियम,सामाजिक सञ्जाल अनुगमन 

काठमाण्डौ-   संयुक्त राज्य अमेरिकाले विदेशीका लागि भिसा सम्बन्धी नयाँ शर्तहरु तोकेको छ ।   प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णय भएको दाबी गर्दै काठमाडौंस्थित अमेरिकी राजदूतावासले ‘एफ’, ‘एम’ र ‘जे’ भिसा आवेदनकर्ताले आफ्नो सामाजिक सञ्जालका व्यक्तिगत खाता खुल्ला राख्नुपर्ने बताएको छ ।     अमेरिकी अध्यागमन कानुनअनुसार एफ भिसा विद्यालय र विश्वविद्यालय अध्ययनका लागि दिइन्छ । एम भिसा व्यावसायिक शिक्षा अध्ययनका लागि दिइन्छ भने जे भिसा सांस्कृतिक आदानप्रदान कार्यक्रममा जानेलाई उपलब्ध गराइन्छ ।   अमेरिकाले पछिल्लो समय त्यहाँ जान खोज्ने सबैको सामाजिक सञ्जाल परीक्षण गर्दै आएको जनाएको छ । उसले भिसा प्राप्त गरेपछि, अमेरिका पुगेपछि वा स्वदेश फर्केपछि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.