आज मितिः २०८३ असार १० गते

कतारको औद्योगिक क्षेत्र रासलफानमा ग्यास प्लान्ट विष्फोट हुँदा १३ जनाको मृत्यु

काठमाण्डौ –

कतारको औद्योगिक क्षेत्र रासलफानमा ग्यास विष्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा भारतीय १२ जना र एक जना पाकिस्तानीले ज्यान गुमाएका बीबीसीले जनाएको छ । ६६ जना घाइते भएका छन् ।

त्यस क्षेत्रमा आइतबार राति विष्फोट हुँदा आगलागी भएको थियो । रासलफान क्षेत्रमा नेपाली, भारतीय, बङ्गलादेशी, केन्या, घानालगायत देशका श्रमिकले काम गर्दै आइरहेका छन् । केही नेपाली पनि घाइते भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । थप विवरण खुल्न सकेको छैन । कतारका ऊर्जामन्त्री साद शेरिदा अल–काबीले विस्फोटले देशको निर्यातमा कुनै असर नगर्ने बताउनुभएको छ । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ ।
रासलाफान कतारको ग्यास उत्पादन हुने ठूलो औधोगिक क्षेत्र पनि हो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.