आज मितिः २०८३ असार ८ गते

माछा मार्ने क्रममा एक जनाको मृत्युु

काठमाण्डौ –

करेण्ट लागेर रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु भएको छ।

पश्चिम मुसिकोटस्थित मुग्लुखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा घाइते भएपछि उपचारका जिल्ला अस्पताल सल्लेमा ल्याइएकामा त्यहाँ निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रमुख वेदबहादुर पौडेलले जानकारी दिए।

घटनाको जानकारीपश्चात् जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक यामराज शर्माको नेतृत्वमा पाँच जनाको प्रहरी टोली खटिएको थियो। सुन्दरसँग माछा मार्न गएका उनका चार जना साथीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको उनले बताए।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.