आज मितिः २०८३ असार ८ गते

न्यूजील्याण्डलाई ३–१ ले हराउँदै इजिप्ट समुह जीको शिर्ष स्थानमा

काठमाण्डौं-

न्यूजील्याण्डलाई ३–१ ले हराउँदै इजिप्ट विश्वकप फुटबल २०२६ अन्तर्गत समुह जी को शिर्ष स्थानमा उक्लिएको छ । पहिलो हाफमा पछि परेको अवस्था उल्टाउँदै इजिप्टले दोस्रो हाफमा अगाडि भएको हो ।

इजिप्टका आक्रमणहरू तीव्र बने र लगातार तीन गोल गर्दै खेल आफ्नो पक्षमा पारे । इजिप्टका लागि मोस्ताफा जिकोले बराबरी गोल गर्दै पुनरागमनको सुरुवात गरे । त्यसपछि स्टार खेलाडी मोहम्मद सलाहले महत्वपूर्ण गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए ।

ट्रेजेग्यूटले ८२औं मिनेटमा तेस्रो गोल थप्दै जित सुनिश्चित गरे । अन्तिममा न्यूजिल्यान्डले फर्कने प्रयास गरे पनि इजिप्टका गोलकिपरको उत्कृष्ट बचाउले उनीहरूलाई रोक्यो ।

यो जितसँगै इजिप्ट समूह जी को शीर्ष स्थानमा पुगेको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.