आज मितिः २०८३ जेष्ठ २१ गते

युएई, मौरिसस र सेसेल्सदेखि क्यानाडा र अमेरीकासम्म पठाई दिन्छु भन्दै करोडभन्दा वढि ठगि गर्ने ९ जना पक्राउ

काठमाडौं-

वैदेशिक रोजगारीका लागि मौरिसस र सेसेल्सदेखि क्यानाडा र अमेरीकासम्म पठाई दिन्छु भन्दै करोडौं ठगि गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

गोरखा पालुङटार नगरपालिका(६ घर भएका ३१ वर्षीय रोशन बाबु मल्ल, लमजुङ दुधपोखरी गाउँपालिका(५ घर भएका २३ वर्षीया ज्योती गुरूङ,
बर्दिया मधुवन नगरपालिका(७ घर भएका ४२ वर्षीय राजेश क्षेत्री, मकवानपुर बकैया गाउँपालिका(२ घर भएका ३८ वर्षीय तिर्थमान भोलन, नुवाकोट शिवपुरी गाउँपालिका(३ घर भएका ३९ वर्षीय गोवर्धन नेपाली, पाल्पा पूर्वखोला गाउँपालिका(३ घर भएका ४५ वर्षीय राजिव न्यौपाने, नुवाकोट विदुर नगरपालिका(१३ घर भएका ४४ वर्षीय उपेन्द्र तामाङ, सुनसरी इटहरी उपमहानगरपालिका(१ घर भएका ४५ वर्षीय उज्वल थापा मगर र बर्दिया बढैयाताल गाउँपालिका(९ घर भएका ३२ वर्षीय प्रकाश सिंखडा पक्राउ परेका हुन्।

लमजुङका ज्योतीले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँबर्दियाका राजेशले मौरिसस र सेसेल्स पठाइदिन्छु भन्दै ३१ जना पीडितहरूबाट १ करोड ४१ लाख ५१ हजार रूपैयाँ, तिर्थमान र गोवर्धनले सेसेल्स पठाइदिन्छु भन्दै ३१ जना पीडितहरूबाट १ करोड ४१ लाख ५१ हजार रूपैयाँ, रोशनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ, उपेन्द्रले मौरिसर पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, उज्वलले क्यानडा पठाइदिन्छ भन्दै १ जना पीडितबाट २ लाख ५७ हजार रूपैयाँ, प्रकाशले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, र राजिवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

 

पक्राउमध्ये राजेश, तिर्थमान र गोवर्धनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ र रोशन, उपेन्द्र, उज्वल, प्रकाश, ज्योती र राजिवलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.