आज मितिः २०८३ जेष्ठ २३ गते

कुवेत र ओमानमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ

काठमाडौँ-

नेपाली महिलाहरूलाई कुवेत र ओमान पठाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा ग्लोरी वल्र्ड होलिडेज ट्राभल्सका सञ्चालक गुल्मी घर भई हाल जोरपाटी बस्ने ४४ वर्षीय राम बहादुर क्षेत्री सङ्खुवासभाका ४६ वर्षीय आशिष भन्ने केदार बहादुर खड्का र सोही ट्राभल्समा कार्यरत सिन्धुपाल्चोक घर भई हाल गुहेश्वरी बस्ने ४५ वर्षीय ईश्वर न्यौपाने रहेका छन् । यसैगरी प्रवीण टुर्स एण्ड ट्राभल्सका सञ्चालक सप्तरी घर भई हाल भक्तपुरको दधिकोट बस्ने ४२ वर्षीय प्रकाश साह, मोरङ घर भई हाल काठमाडौँको पिपलबोट बस्ने ५२ वर्षीय कुमार उराउ र खोटाङ घर भई हाल भीमसेनगोला बस्ने ४७ वर्षीय पशुपति राई पनि पक्राउ परेका छन् ।

पीडित महिलाहरूलाई ललाइफकाइ तथा विभिन्न प्रलोभनमा पारेर कुवेत, ओमान, युएई जस्ता देशहरूमा घरेलु कामदारको रूपमा पठाउने गिरोहका सदस्यहरू सिनामंगलमा जम्मा भई विशेष योजना बनाइरहेको भन्ने गोप्य सूचना प्रहरीलाई थियो । सोही सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई घेरा हाली पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये केदार बहादुर खड्काको घर तलासी गर्दा प्रहरीले स्रोत नखुलेको ३१ लाख ८० हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ । अवैध रूपमा मानव तस्करी गर्ने उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.