काठमाडौ-
अमेरिका र इरान युद्ध अन्त्य गर्न सहमत भएका छन् । लामो कूटनीतिक प्रयाससँगै दुवै मुलुक युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर गर्न तयार भएका हुन् । आउँदो शुक्रबार स्विट्जरल्यान्डमा दुवै देशबिच अन्तरिम सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको अमेरिकी संचार सिएनएनले जनाएको छ ।
उनिहरुले सम्झौतामा सहमति भएको समाचार सोमबार सार्वजनिक गरेका छन् । यो सम्झौता कार्यान्वयनमा आएसँगै विश्वबजारमा तेल र प्राकृतिक ग्यास आपूर्ति पुनः सहज भई ऊर्जा सङ्कटको जोखिम घट्ने तथा विश्व अर्थतन्त्रमा स्थिरता आउने अपेक्षा गरिएको छ । यद्यपि सम्झौताका पूर्ण विवरण तत्काल सार्वजनिक गरिएको छैन । इरानले भने औपचारिक हस्ताक्षर नभएसम्म कुनै पनि प्रावधान कार्यान्वयनमा नल्याइने स्पष्ट पारेको छ । प्रमुख मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानका अनुसार सम्झौतामा आउँदो शुक्रबार स्विट्जरल्यान्डमा हुने जानकारी गराएको छ । यो सहमतिले पश्चिम एसियामा हजारौँको ज्यान लिएको युद्ध अन्त्य गर्न मार्गप्रशस्त गर्नेछ ।
सम्झौता अन्तर्गत सबैभन्दा जटिल विषय इरानको अत्यधिक समृद्ध युरेनियम भण्डार र आणविक कार्यक्रमको भविष्य के हुने भन्ने हो । यस विषयमा समाधान खोज्न पक्षलाई ६० दिनको समय दिइएको छ । सन् २०१५ मा भएको आणविक सम्झौतामा यस्ता विषय टुङ्ग्याउन बर्सौं लागेको थियो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उक्त सम्झौताबाट अमेरिका बाहिरिएको निर्णय गरेपछि तनाव क्रमशः बढ्दै युद्धको अवस्थामा पुगेको हो ।
राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आफ्नो ८० औँ जन्मदिनका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविराम प्रयासलाई स्वागत गर्दै हर्मुज जलमार्ग खुलाउन तथा अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने आदेश दिएको घोषणा गर्नुभएको थियो तर उहाँले शुक्रबार औपचारिक हस्ताक्षर नभएसम्म जलमार्ग पूर्ण रूपमा सञ्चालनमा नआउने पनि स्पष्ट पार्नुभएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।