आज मितिः २०८३ श्रावण १६ गते

विदेश

जनप्रगतिशिल मन्च साउदीले मनायो १७औं गणतन्त्र दिबस

जनप्रगतिशिल मन्च साउदीले मनायो १७औं गणतन्त्र दिबस

युबराज कार्की शेखर /साउदी- नेपाली जनप्रगतिशिल मन्च साउदीले १७औं गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ । यस अवसरमा जेठ १५ गते क्षेत्रीय कमिटी जुबेलमा कार्यक्रम गर्दै १७औं गणतन्त्र दिवस भब्यताको साथ सम्पन्न गरेको हो । जनप्रगतिशिल मञ्च साउदी अरबले निरंकुश सामन्ती राज्य व्यवस्थाको अन्त्य गर्दै नेपाली जनताको विभिन्न मुक्तिकामी आन्दोलन र बलिदानीपूर्ण संघर्षले स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई सहित शुभकामना व्यक्त गर्दै दिप प्रज्वलन गरेको थियो ।   क्षेत्रीय अध्यक्ष एबम केन्द्रीय सदस्य शिबराज बिकको अध्यक्षतामा महान जनयुद्ध ,ऐतिहासिक जनआन्दोलन लगायत सबै प्रकारका न्यायपूर्ण आन्दोलनहरुमा वलिदानि र…
Read More
घरेलु कामदारमा कुवेतमा पुगेका महिलाहरुको बिचल्ली, उद्धारको लागि अपिल

घरेलु कामदारमा कुवेतमा पुगेका महिलाहरुको बिचल्ली, उद्धारको लागि अपिल

काठमाडौं- कुवेतमा घरेलु कामदारका रूपमा गएकी एक महिला बिचल्लीमा परेकी छन् । रुपन्देहीको कञ्चन गाउँपालिका–१ सुन्दरनगरकी लक्ष्मीकुमारी दमाईले आफूलाई एजेन्टले कुवेत ल्याएर बिक्री गरेको भन्दै उद्धारको अपिल गरेकी हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै उनले आफूलाई कुवेतको चालिया भन्ने ठाउँमा ओमबहादुर नाम गरेका एजेन्टले ल्याएर बिक्री गरेको बताएकी छन् । आफू बिरामी भएको र नेपाल फर्काउन आग्रह गर्दा एजेन्टले नसुनेको उनले बताएकी छन् । ‘घर मालिकलाई घर पठाइदेऊ, म यहाँ काम गर्न सक्दिनँ भन्दा मैले तिमीलाई किनेर ल्याएको र पैसा दिए मात्र घर पठाउँछु भन्ने जवाफ दिइयो,’ उनले भनिन् ।   मोरङकी एक महिलालाई पनि एजेन्टले कुवेत पु¥याएर…
Read More
हिन्द महासागरको गर्मी अझ १० गुणा बढ्ने

हिन्द महासागरको गर्मी अझ १० गुणा बढ्ने

काठमाण्डौं- हिन्द महासागरमा हरेक वर्ष २० दिन अत्यधिक गर्मी हुने गरेकामा अब यो १० गुणा बढ्ने वैज्ञानिकहरूले बताएका छन् । यो प्रति वर्ष २ सय २० देखि २ सय ५० दिन हुने भारतीय म्यागजिनहरुले जनाएको छन् । हिन्द महासागरमा समुद्री तापको लहरको असर परेर अत्यधिक तापक्रम बढ्दा भारत, माल्दिभ्स लगायत ४० देशले समस्या भोग्नुपर्ने खबरमा उल्लेख छ । यसका कारण बेमौसमी वर्षा, आँधी, अचानक बाढी लगायतका प्रकृतिक विपत्तिको सम्भावना बढ्ने इन्डियन इन्स्टिच्युट अफ ट्रपिकल मेटियोरोलोजीका वैज्ञानिकले गरेको अध्ययनले बताएको छ । अध्ययनले हिन्द महासागरमा जलवायु परिवर्तनको गतिलाई देखाएको छ । जसले मौसमी घटनाहरू बढाउने सङ्केत गरेको छ । विश्वको एक…
Read More
क्यान्सर पीडितलाई १.३ अर्ब डलरको चिट्ठा

क्यान्सर पीडितलाई १.३ अर्ब डलरको चिट्ठा

बीबीसी- अमेरिकामा एक प्रवासीले देशको इतिहासमै चौथो सर्वाधिक रकमको चिट्ठा जितेका छन्। लाओस मूलका चेङ सैफानले १.३ अर्ब अमेरिकी डलर रकमको ‘पावर बल लट्री’ जितेका हुन्। उनले चिट्ठा किनेपछि कैयौँ रात उक्त रसिदलाई सिरानमुनि राखेर सुतेका थिए। अमेरिकाको ओरेगन राज्यको पोर्टल्याण्डमा बस्दै आएका सैफान भन्छन्, ‘मैले भगवानसँग मद्दतका लागि प्रार्थना गरेको थिएँ। मेरा सन्तान सानै छन्, म धेरै कमजोर छु र स्वास्थ्य पनि ठिक छैन।’ उनले ७ अप्रिलमा प्रकाशित चिट्ठाको नतिजा हेरे र आफ्नो रसिदमा भएको नम्बरलाई मिलाए। उनलाई गत सोमबार चिट्ठाबापतको रकम दिइएको छ। उनले आफ्नी पत्नी र एक साथीको नामबाट चिट्ठाका २० भन्दा बढी टिकट लिएका थिए। तिनै…
Read More
कतारमा नेपाली कामदार तलब नपाएपछि अलपत्र, एनआरएनए कतारको सहयोग

कतारमा नेपाली कामदार तलब नपाएपछि अलपत्र, एनआरएनए कतारको सहयोग

काठमाडौं- कतारमा ६ सय बढी नेपाली कामदार अलपत्र परेका छन् । कतारको अल जावर पार्टनर्स् कम्पनीमा रहेका ६२५ नेपालीसहित १५ सय जना कामदारले पाँच महिनादेखि तलब नपाएपछि अलपत्र अवस्थामा रहेका छन् । कम्पनीले तलब दिने भनेर झुक्याएको र अहिले आफूहरूसँग खाना खाने पैसा पनि नभएको उनीहरूले बताएका छन् ।   उनीहरू समस्यामा परेको जानकारी पाएपछि गैरआवासीय संघ एनआरएनए कतारले सुरुमा केही खाद्यान्न सामग्री उपलब्ध गराएको थियो, ‘सुरुमा हामी आफै गएर खाद्यान्न बाँड्यौं,’ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका कार्यवाहक अध्यक्ष कृष्ण पन्थीले भने, ‘त्यसपछि कतारको मिनिस्ट्री अफ लेवर डिपार्टमेन्टमा फलो गर्यौं अनि ह्युमन राइट्समा केस दर्ता गर्यौं, त्यति मात्र…
Read More
पोर्चुगलको समुद्रमा एक नेपाली युवाको शव

पोर्चुगलको समुद्रमा एक नेपाली युवाको शव

काठमाण्डौ – पोर्चुगलको समुद्रमा दुई हप्तादेखि बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव पोर्चुगलको राजधानी लिस्बनको तेरेइरो डो पासोको फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष एवम् नेपाली पत्रकार प्रबल भट्टराईले जानकारी दिए । गएको अप्रिल ६ तारिखमा सामुद्रिक खाना खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए भने उनीसँगै समुद्रमा गएका धनबहादुर तामाङको डुबेर ज्यान गएको थियो ।
Read More
यूएईमा आएको बाढीमा एक नेपालीको मृत्यु

यूएईमा आएको बाढीमा एक नेपालीको मृत्यु

काठमाण्डौं- यूएईमा आएको बाढीमा परेर एक नेपालीको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार चितवन भरतपुर महानगरपालिकाका मोहन पुनको बाढीमा परेर मृत्यु भएको हो । सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी दिन नसकिएको दूतावासको भनाइ छ । मृतक पुन भिजिट भिसामा यूएई पुगेको दूतावासले जनाएको छ ।   यूएईको शारजाहबाट अजमान जाने बाटोमा रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टमा काम गर्दथे ।  
Read More
वर्षाले दुबईका वित्तीय केन्द्र र विशाल राजमार्गहरू अवरुद्ध

वर्षाले दुबईका वित्तीय केन्द्र र विशाल राजमार्गहरू अवरुद्ध

दुबई- कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध भएका छन् भने विमानस्थलका यात्रीहरूलाई बुधबार टाढा रहन आग्रह गरिएको छ। संयुक्त अरब इमिरेट्सको मरुभूमिमा मङ्गलबार करिब दुई वर्षको बराबर दुई सय ५४ मिलिमिटरसम्म वर्षा भएपछि छ लेन भएको एक्सप्रेसवेमा जाममा फसेका गाडीहरूको विशाल लाइन देखिएको थियो। प्रहरीका अनुसार मुलुकका सात इमिरेटमध्येको एक रास अल–खैमामा बाढीमा बगेर कारमा सवार ७० वर्षीय व्यक्तिको मृत्यु भएको छ। एक अधिकारीले यात्रीहरूलाई ‘अत्यावश्यक’ नभएसम्म अन्तर्राष्ट्रिय यातायातको दृष्टिले विश्वको सबैभन्दा व्यस्त दुबई विमानस्थलमा नआउन चेतावनी दिएका छन्। दुबई विमानस्थलका प्रवक्ताले भने, ‘उडानहरूमा ढिलाइ र मार्ग परिवर्तन जारी छ, हामी अत्यन्त चुनौतीपूर्ण अवस्थामा सकेसम्म…
Read More
एनआरएनएको दुवै समिति खारेज, पून: महाधिवेशन गराउन अदालतको आदेश

एनआरएनएको दुवै समिति खारेज, पून: महाधिवेशन गराउन अदालतको आदेश

चैत २२,बिहिबार, काठमाडौं- सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन परिणाम खारेज गरेको छ। २०७८ चैतमा भएको महाधिवेशनबाट निर्वाचित घोषणा गरिएका अध्यक्ष बद्री केसी नेतृत्वको कार्यसमिति खारेज हुने आदेश सर्वोच्च अदालतले दिएको हो। सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदी संयुक्त इजलासले महाधिवेशनबाट निर्वाचित घोषणा गरिएका अध्यक्ष केसी र उक्त निर्णय अस्वीकार गर्दै आरके शर्माको अध्यक्षतामा घोषणा गरिएको समानान्तर समितिलाई खारेज गरेको हो। सर्वोच्च अदालतले महाधिवेशनको निर्णय खारेज गर्दै त्यसपछि भएका निर्णय पनि अमान्य घोषणा गरेको छ। सर्वोच्चले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को‌ ०७८ माघ १ मा सम्पन्न ८१ औं बैठकले गठन गरेको उच्च स्तरीय समितिलाई ब्यूँताएको छ। उक्त समिति…
Read More
चितवन समाज यूएईको अध्यक्षमा पुन: विजय अधिकारी

चितवन समाज यूएईको अध्यक्षमा पुन: विजय अधिकारी

सोमबार, चैत १९, दुबई- चितवन समाज यूएईको वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनमा पुन: विजय अधिकारी निर्विरोध चयन भएका छन् । बरदुबईको पिन्की रेष्टुरेण्टमा आईतबार सम्पन्न अधिवेशनमा अधिकारी सन् २०२४–२६ का लागि पुन अध्यक्षमा चयन भएका हुन् । निबर्तमान कोषाध्यक्ष दीपक कुमार शिवाकोटीले संञ्चालन गरेका कार्यक्रमको अध्यक्षतामा संस्थाका निवर्तमान अध्यक्ष विजय अधिकारी, प्रमुख अतिथि नेपाली समाज यूएईका अध्यक्ष वेदप्रसाद अर्याल, विशिष्ट अतिथि नेपाली समाज यूएईका निवर्तमान अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार गोविन्द ढकाल, अतिथिहरुमा राम मोक्तान, गोपाल पराजुली, आशिष पुरुष, गणेश न्यौपाने, अनिल चौधरी, नवराज पाण्डे, रामचन्द्र बस्याल, अस्मिता भूषाल, विन्दू गिरी तथा विशेष अतिथिमा पत्रकार तथा फोटेग्राफर लालबहादुर ढेंगा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.