आज मितिः २०८३ बैशाख १० गते

कतारमा खुल्यो बालेन सिटि रेष्टुरेन्ट

दोहा-

कतारमा नेपालीहरुले रेष्टुरेन्ट व्यवसाय गर्नेक्रममा कमि आएको छैन। ब्यवसाय गर्नेहरु दिनानुदिन बढ्दै गएको छ।

दोहामा सन् १९९८ मा पहिलो पटक खुलेको चितवन टाइगर टप रेष्टुरेन्ट,नेपाली भान्साघर हुँदै दर्जनौ रेस्टुरेन्टहरु खोली सकिएको छ । धेरै रेस्टुरेन्टहरुको नाम परिवार, थर, जिल्ला वा देशको चर्चित स्थानहरुको नामबाट खोलिएको पाइन्छ ।
यस्तै चर्चामा पछिल्लो समय चुलिएको नामबाट नयाँ रेस्टुरेन्ट सन्चालनमा आएको छ । जसको नाम हो बालेन सिटि रेस्टुरेन्ट ।

काठमाडौ महानगरपालिकाका प्रमुख बालेनको नामबाट बुधबार खुलेको रेष्टुरेन्टको कतारका मानवअधिकार आयोगका नेपाली प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अली मियाले रिबन काटेर उद्घाटन गर्नु भएको हो।

बिगतमा खुलेका रेष्टुरेन्ट र अहिले खुलेको रेष्टुरेन्टमा भने निकै फरक रहेको संचालकहरुले बताउनु भएको छ। बालेनको चुलिएको लोकप्रियता यतिबेला नेपालमा मात्र नभइ खाडीको कतार सम्म पुगेको पाइन्छ।

करिब एक दशक देखि कतारमा कार्यरत
भंगहा नगरपालिका वडा नं-१ सिगयिही महोत्तरीका गुल्जार साफी र उनका सहकर्मीहरुको सहकार्यमा खुलेको रेष्टुरेन्टको नाम बालेन सिटी राखिएको हो।

आरम्भमा १३ जना स्टाफबाट शुरु गरिएको रेष्टुरेन्टमा १०० भन्दा बढी परिकारका नेपाली ,इन्डियन, अरेबिक, चाइनिज र फिलिपिनो खानाका परिकार उपलब्ध रहेको छ।

दोहाको अल साद मेट्रो स्टेसन नजिक बालेन सिटी रेष्टुरेन्ट खुलेको हो।पर्याप्त पार्किङ र मुख्य सडकमा खुलेको यस रेष्टुरेन्टले खानाका पारखी हरुको चाहना पूरा गर्न सक्ने मियाले बताउनु भयो।७ जनाले खान मिल्ने ५० थरीका खानाको परिकार समेटिएको बहुबली थाली सेट यहाँको मुख्य मेनुको रुपमा रहेको छ ।

यसको मुल्य ९९ कतारी रियालमा उपलब्ध रहेको सन्चालक एवं प्रोपाइटर गुलजारले जानकारी दिनु भयो।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.