दुबई –
कालिकोटका लाल बहादुर र मीन बहादुर दशैको आशिर्वाद थाप्ने बेला दुबई उडे । गत ५ तारिख उडेका उनिहरुलाइ काठमाडौबाट सुस्मा गुरुङले अध्यागमन सेटिङ गरेर दुबई पठाएकी हुन ।
दुबई आएका उनिहरुलाइ सुस्माले तीन तीन लाख लिएर राम्रो कामको लोभमा फसाएको उनिहरुले बताए । उनिहरुलाइ सुस्मा पहिले देखि नै चिनेको तर कुन मेनपावर थाहा छैन । दुई फरक कम्पनिको भिषा भए पनि उनिहरुलाइ भिजिटको कागजात बनाएर सुस्माले उडाएकी हुन ।
दुबई एअरपोर्ट आए लगत्तै उनिहरु त्यही बसेको र त्यहाँ कसैले मिस्टर गुरुङ एण्ड टिमले उद्धार गर्छ भनेपछी उनिहरु सम्पर्कमा आएको टिम संचालक मिस्टर गुरुङले बताए । अलपत्र परेका उनिहरुलाइ मिस्टर गुरुङले उद्दार गरि उनिहरुलाइ खान बस्नको ब्यबस्था गरेका छन ।
मिस्टर गुरुङका अनुसार उनिहरुलाइ नेपालबाट पठाउने मेनपावर र ब्यक्तिलाइ आवस्यक कार्वाहीको लागि कानुनी प्रक्रियामा जाने बताए । नेपालीहरुको यस्तो गतिविधिका कारण दुबई जस्तो राम्रो देशमा अब भिषा नै रोकिदिन सक्ने उनले टिप्पणी गरे । यस्तोमा नेपाल सरकारले सेटिङको जालो तोड्न नसकेको उनको भनाइ छ ।
उद्धार मिडियाले उनीहरुको भिडियो तयार गरेर सामाजिक सन्जालमा राखे पछि उनिहरुको आफन्तले काम गर्न मिल्ने भए फिर्ता नपठाउन आग्रह गरेका छन ।