आज मितिः २०८१ आश्विन २० गते

जितिया पर्व मनाउँदा भारतमा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु

Uddar News

एजेन्सी/

पूर्वी भारतमा हिन्दू पर्व जितिया मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ । विहारमा रहेका नदी र पोखरीमा धार्मिक स्नान गर्दा उनीहरू डुबेका थिए ।

 

बाढीका कारण १५ जिल्लामा भएको यो घटना जितिया पर्व मनाइरहेका बेला भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विहारका अधिकारीहरूका अनुसार अझै केही शव निकाल्न बाँकी छ ।

 

सरकारले पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको सरकारी अधिकारीहरूले बताएका छन् । अघिल्लो वर्ष पनि जितिया मनाउने क्रममा दुई दिनमा २२ जनाको डुबेर ज्यान गएको थियो ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.