आज मितिः २०८३ श्रावण १६ गते

विदेश

नेपाली अस्टेलियन अभिभावक कल्याण समाजको अन्तरक्रिया 

नेपाली अस्टेलियन अभिभावक कल्याण समाजको अन्तरक्रिया 

चितवन - नेपाली अस्टेलियन अभिभावक कल्याण समाजले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । समाजको केन्दिय समितिद्दारा साउन १५ गते भरतपुरमा भेटभाट ,परिचय तथा अन्तरक्रीया कार्यक्रम  सप्पन्न गरेको हो । परिचयसंगै आफ्नो कार्यलयमा खिर खाने कार्यकम पनि रहेको थियो ।  सचिबालयमा करिब सय जना आजिबन सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त कार्यकममा सस्थाका बरिष्ट उपाध्यक्ष बिदुर केसिले सस्थाको गतिबिधि,कार्यनिति , भाबि योजना र सस्थाको रणनीतिको बारेमा प्रकास पार्दै उपस्थित सबै सहभागिलाई स्वागत गर्नु भयो । सस्थाका अध्यक्ष कुमार पाठकको अध्यक्षतामा भयको उक्त कार्यकम महासचिबले सन्चालन गर्नु भयको थियो सो कार्यकममा आजिबन सदस्यले सुझावरहरु राख्नु भयको थियो ।
Read More
चितवन सेवा समाज बहराइनद्धारा विद्यालयलाई प्रिन्टर हस्तान्तरण 

चितवन सेवा समाज बहराइनद्धारा विद्यालयलाई प्रिन्टर हस्तान्तरण 

चितवन- चितवन सेवा समाज बहराइनद्धारा राप्ति(१३, कालिटारस्थीत राष्ट्रिय आधारभुत विद्यालयलाई प्रिन्टर हस्तान्तरण गरिएको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको आयोजनामा विहिबार विद्यालयका प्रधानाध्यापक दिपक कुमार श्रेष्ठलाई १ थान प्रिन्टर हस्तान्तरण गरिएको हो । कार्यक्रम संस्थाका द्धितीय उपाध्यक्ष ईश्वर राज अधिकारीको अध्यक्षतामा संचालन गरिएको थियो । प्रमुख अतिथि निवर्तमान अध्यक्ष समिर के।सी विशेष अतिथिमा संस्थाका संस्थापक अध्यक्ष मुक्ति प्रसाद अधिकारी, चितवन सेवा समाज बहराइनका महासचिव सूर्य भण्डारी, संस्थाका सल्लाहकार विदुर केसी, संस्थाका सल्लाहकार सिता ढकाल, चितवन सेवा समाज साइप्रसका अध्यक्ष सवी थापा, चितवन सेवा समाज कुवेतका पूर्व अध्यक्ष तथा गल्फ संयोजक नविन लोप्चनले बहराईनलाई धन्यवाद ज्ञापन गरेका थिए…
Read More
रास्वपाबाट छानिए सात जना राजदूत

रास्वपाबाट छानिए सात जना राजदूत

काठमाडौ‌-   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खुला आह्वानमार्फत् राजदूत बन्न आवेदन माग गरेकोमा २४० जनाले आवेदन दिएका छन्। रास्वपाले राजदूत सिफारिसका लागि अनलाइन फारम र ईमेलमार्फत् आह्वान गरेको थियो। प्राप्त आवेदन मध्येबाट सात जनाको समावेशी सूची रास्वपाले तयार गरेको छ। यो सूची तयार गर्न सांसद शिशिर खनालको संयोजकत्वमा समिति गठन भएको थियो। अन्तिम सूचीमा रहेका सात जनासँग आवश्यक छलफल गरी प्रस्तावित दुई जनाको नाम तय गर्न सभापति रवि लामिछानेले पार्टी उपसभापति स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिएका छन्। सत्ता गठबन्धनले रिक्त राजदूतका लागि भागबण्डा गरेको थियो। केही दिनअघि नेकपा (एमाले) को कोटाबाट पाँच जना,…
Read More
कतारमा गर्मीबाट जोगिन सचेतनामूलक प्रशिक्षण

कतारमा गर्मीबाट जोगिन सचेतनामूलक प्रशिक्षण

दोहा-   कतारमा कार्यरत नेपाली श्रमिकलाई गर्मीबाट जोगिएर काम गर्ने विषयमा सचेतनामूलक प्रशिक्षण दिइएको छ। राजधानी दोहामा रहेको नेपाली दूतावासले ५० नेपालीलाई गर्मीबाट जोगिएर काम गर्ने विषयमा प्रशिक्षण दिएको हो। नेपाली राजदूतावास कतार र जलेश्वरकी यास्मिन नाजले सञ्चालन गरेको क्युएसटी ट्रेनिङ एन्ड कन्सल्टेन्सी तथा बिल्डिङ एन्ड वुडवर्कर्स इन्टरनेसनको आयोजना तथा सहकार्यमा प्रशिक्षण दिएको हो। कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालले उच्च गर्मीबाट हुने तनाव, शरीरमा देखिने लक्षण, नकारात्मक असरबाट बच्ने सन्दर्भमा श्रमिकलाई प्रशिक्षण दिएका थिए। त्यस्तै चर्को गर्मीका कारणले श्रमिकहरू जोखिममा पर्ने गरेकोले नेपाली श्रमिकलाई जोगिने गरी सचेतनामूलक प्रशिक्षण दिइएको क्युएसटीका यास्मिनले बताइन्। आगामी दिनमा पनि नेपाली श्रमिकलाई क्षमता…
Read More
त्रिभुवन विमानस्थलबाट ४ दिनमा चार सय जना फिर्ता

त्रिभुवन विमानस्थलबाट ४ दिनमा चार सय जना फिर्ता

काठमाडौँ - त्रिभुवन विमानस्थलस्थित अध्यागमनले चार दिनयमा भिजिट भिसाका चार सय ८ जनालाई विमानस्थलबाट फिर्ता पठाएको छ । भिजिट भिषामा उड्न लागेका उनीहरूको टिकटबापत मात्रै कम्तीमा एक करोड रुपैयाँ गुमेको छ ।     अध्यागमनले गत माघ ९ देखि जारी गरेको कार्यविधिअनुसार मापदण्ड पुगेकालाई अफलोड गर्न थालेको हो । अध्यागमनले जेठ ३० मा ५५ जना, ३१ मा ६२, ३२ मा २ सय ३७ र असार १ सम्म ५४ जनालाई अफलोड गरेको हो ।     भिजिटमा जाँदा ६ महिनाको वैध अवधि भएको राहदानी, गन्तव्य देशको प्रवेशाज्ञा भिसा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए भिसा नचाहिने, दुईतर्फी हवाई टिकट, होटल बुकिङ, आफन्तसँग रहने…
Read More
जर्मनीमा आजबाट युरोकप सुरू हुँदै

जर्मनीमा आजबाट युरोकप सुरू हुँदै

काठमाडौं/१७औं संस्करणको युरो कप आजबाट जर्मनीमा सुरू हुँदैछ। २४ राष्ट्र सहभागी युरोकपको उद्घाटन खेलमा आयोजक जर्मनी र स्कटल्यान्ड भिड्दैछन्। म्युनिखस्थित क्लब बार्यन म्युनिखको घरेलु मैदान एलिनाज रंगशालामा हुने खेल नेपाली समयअनुसार मध्यराति ठीक १२ः४५ बजेबाट सुरु हुनेछ। जर्मनीका विभिन्न १० शहरका १० रंगशालामा आयोजना हुने युरोकपका लागि जर्मनीले एकल आयोजकको अधिकार पाएको हो। यसअघि २०२० मा हुनुपर्ने युरोकप कोरोनाका कारण २०२१ मा गरिएको थियो। उक्त युरोकप इटालीले जितेको थियो। उसले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो। नेपालमा युरो कपका खेल सोनी स्पोर्ट्सका विभिन्न च्यानलबाट हेर्न सकिन्छ।
Read More
मिर्गौलापीडित मुना पुलामी मगरको सहयोगार्थ ६० हजार रुपैयाँ हस्तान्तरण

मिर्गौलापीडित मुना पुलामी मगरको सहयोगार्थ ६० हजार रुपैयाँ हस्तान्तरण

युबराज कार्की शेखर काठमाडौँ नेपाली जनप्रगतिशील मञ्च क्षेत्रीय समिति साउदी अरेयिबा, हायलले दुवै मिर्गौलाले काम नगरी त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं–११, ज्यामजिमका रत्नमाया पुलामी मगर (मुना)को लागि करिब ६० हजार रुपैयाँ सहयोग गरेको छ । मुनाको घरको आर्थिक अवस्था कमजोर भई उपचारका लागि सहयोगको अपेक्षा गरेपछि सोही गाउँपालिका वडा नं–२ घर भई हाल साउदी अरेबिया हायलमा कार्यरत दीपेन्द्रबहादुर खत्रीको प्रस्तावलाई स्वीकार गर्दै सेवा नै धर्म हो भन्ने मूल नारालाई आत्मसात् गर्दै पीडितलाई राहत पु¥याउने उद्देश्यले रकम संकलन गरिएको थियो । नेपाली जन–प्रगतिशील मञ्च हायलका क्षेत्रीय अध्यक्ष तथा केन्द्रीय सचिवालय सदस्य बलदेव मश्राङ्गी मगर र नेपाल…
Read More
भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी, भोलि शफत लिने

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी, भोलि शफत लिने

काठमाडौं- भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो। एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। मोदीले भोलि साँझ ६ बजे शपथ लिनेछन्। उनी लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बनेका हुन्। सन् २०१४ देखि मोदी प्रधानमन्त्री छन्।  
Read More

अब पर्यटक बनेर वा अवैधानिक रूपमा प्रवेश गरेर पोर्चुगलमा कार्ड नबन्ने

काठमाण्डौं- अबदेखि पर्यटक बनेर वा अवैधानिक रूपमा प्रवेश गरेर पोर्चुगलमा कार्ड नबन्ने भएको छ । त्यहाँको सरकारले अब आप्रवासी सम्बन्धी कानुन नै परिवर्तनका लागि हाउसमा छलफल गर्नेछ । सरकारले छलफलपछि कानुनमा नै परिवर्तन ल्याउने प्रयास थाल्ने भएको छ । पोर्चुगल सरकारले रेसिडेन्सी कार्डका लागि आवेदन दिने सिष्टम नै सटडाउन भइसकेको जनाएको छ । पोर्चुगल सानो मुलुक र आप्रवासीको संख्या धेरै भएकाले स्थानीयलाई समेत शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सुविधा लिन पनि प्रतिकूल बन्दै गएकोले पनि सरकारले त्यस्तो निर्णय गरेको हो । पोर्चुगलको सपना देखेर नेपालदेखि रोमानिया, माल्टा, क्रोएशिया जस्ता देशहरूका भिसा प्रक्रिया थालेका हजारौं नेपाली पनि प्रभावित बन्ने छन्।
Read More
भारतमा भाजपाले ल्याउन सकेन बहुमत

भारतमा भाजपाले ल्याउन सकेन बहुमत

काठमाडौं- भारतीय लोकसभा निर्वाचन २०२४ मा अघिल्लो निर्वाचनमा स्पष्ट बहुमत ल्याएको सत्तारूढ भारतीय जनता पार्टी ९भाजपा०ले यस पटक बहुमत नल्याउने मतगणनाको प्रारम्भिक नतिजाले देखाएको छ । मतगणना मंगलबार बिहानबाट सुरु भएको हो ।   भारतीय निर्वाचन आयोगका अनुसार मंगलबार दिउँसो साढे २ बजेसम्मको अवधिमा ५४३ सदस्यको लागि भएको लोकसभा निर्वाचनमा भाजपाले २३९ स्थानमा अग्रता लिइरहेको छ । यीमध्ये दुई उमेदवार विजयी भइसकेका छन् । इन्डियन नेसनल कंग्रेस ९आईएनसी०ले ९९ सिटमा अग्रता कायम राखेको छ । यीमध्ये एक स्थानमा कंग्रेसका उमेदवार विजयी भइसकेका छन् । यसअघि सन् २०१९ मा भएको लोकसभा निर्वाचनमा भाजपाका ३०३ उमेदवार विजयी भएका थिए । कंग्रेसका ५२…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.