आज मितिः २०८२ जेष्ठ ३२ गते

दुबईमा सम्पर्क विहिन भएका दिनेश चौलागाँईलाई खोजि गरिदिन परिवारको आग्रह

दुबई-

कामको लागि युएईको सारजाह पुगेका मकवानपुरका दिनेश चौलागाँई अक्टोवर १५ तारिखबाट सम्पर्क विहिन भएको आफन्तले जनाएका छन् ।

चौलागाई ३ वर्ष पहिलेदेखि नेपाल जाने आउने गरि रहेका र पछिल्लो समय भिजिटमा आएर काम खोज्दै सारजाहा गएका थिए ।
काम गर्दै आएको कम्पनि केही समय अगाडि सो काम छोडि नेपाल गई भिजिटमा आएका पारिवारीक श्रोतले जनाएको छ ।

काम खोज्ने क्रममा कुनै एक एजेण्टसंग सम्पर्क गरी काम पाउने आशामा काम लगाए बापत दिनुपर्ने रकम पनि दिएर सोही एजेण्टसंगै खाने बस्ने गर्दै आएको र काम गर्न उसले पठाएको तर काम चित्त नबुझेकोले उनले त्यहाँ गरेनन् र फर्किएको दुबईमा नै कार्यरत उनकी श्रीमति अन्जिता चौलागाँईले जानकारी दिईन् ।

अक्टोबर १४ तारीखसम्म सम्पर्कमा हुनुहुन्थ्यो, अर्कै काममा जान्छु भन्नुहुन्थ्यो, तर गए नगएको त्यसपछि सम्पर्क गर्नु भएन र सम्पर्क गर्दा मोवाईल बन्द भएको चौलागाँईले बताईन् ।

उनको खोजिको लागि उनकी श्रीमति र दुबईमा रहेका उनका भिनाजु माधव अधिकारी आज नै स्थानीय प्रहरीलाई जानकारी र निवेदन दिने अधिकारीले बताए । उनको खोजि र सम्पर्कमा ल्याउन नेपालबाट दिनेशका भाई दिपेनद्र चौलागाँईले पनि सबैमा अनुरोध गरेका छन् ।

उनलाई कसैले देखेमा यस नम्वरमा ( 0556225537 ) सम्पर्क गराउन उनका परिवारले आग्रह गरेका छन् ।

 

 

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.