आज मितिः २०८३ बैशाख १७ गते

आज पोखरामा निषेधित क्षेत्र तोकियो

Uddar News

कास्की-

 

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीदचोक आसपास क्षेत्रलाई निषेधित घोषणा गरेको छ। आज आइतबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निषेधित क्षेत्रको आदेश जारी गरेका हुन्।

पोखरा महानगरपालिकामा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडपका कारण प्रतिकूल अवस्था सिर्जना भएर शान्ति सुरक्षा भंग हुने भन्दै आइतबार बिहान ११:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

सहकारी ठगी र संगठित अपराधमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेर पोखरा लगिएको छ। उनको पक्राउ विरोधमा रास्वपाले प्रदर्शन गर्दै आएको छ। साथै सहकारी पीडितहरूले पनि प्रदर्शन सुरू गरेका छन्। दुई पक्षबीच झडप हुन सक्ने भएकोले रोक्न प्रशासनले निषेधित क्षेत्र तोकेको छ।

शहीदचोक आसपासको पूर्वमा वाइ चोक, पश्चिममा फिस्टेल गेट, उत्तरमा मालपोत कार्यालय र दक्षिणमा मुस्ताङ चोकसम्म निषेधाज्ञा जारी गरेको हो। त्यस्तै गैह्रापाटन आसपासमा पनि निषेधित क्षेत्र घोषणा गरिएको छ।
निषेधित क्षेत्र तोकिएका ठाउँमा पाँच जना भन्दा बढी भेला हुन नपाइने आदेशमा उल्लेख छ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.