आज मितिः २०८१ मंसिर २६ गते

दुबई पठाइदिन भन्दै ठगीको अभियोगमा दुई पक्राउ

काठमाण्डौं-

वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका– ४ का सञ्जीव गुरुङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका– ८ का गोकर्ण पराजुली पक्राउ परेका छन् ।

 

तीनजना पीडितबाट अभियुक्त गुरुङले दुबई पठाइदिन्छु भन्दै रु। १९ लाख ७० हजार र पराजुलीले रु। आठ लाख १७ हजार ठगेका थिए । अभियुक्तहरूलाई वैदेशिक रोजगार विभागसमक्ष पेस गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.