आज मितिः २०८३ बैशाख ६ गते

रवि लामिछानेलाई चौथो पटक अदालत उपस्थित गराइयो

काठमाडौं-

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति तथा सांसद रवि लामिछानेलाई चौथो पटक अदालतमा उपस्थित गराइएको छ।

असोज दुई गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परी पोखरा लगिएका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई आज चौथो पटक कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन भएको भन्दै लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशी, जीवी राईका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीवीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लिला पछाईंलाई अदालतमा उपस्थित गराइएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.