आज मितिः २०८३ बैशाख ८ गते

आज केहि प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डौं-

जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ।

महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिन अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानमान छ।

महाशाखाले राति पनि बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.