दुबई-
संयोग पनि उस्तै नेपालीहरुको दोस्रो महान पर्ब तिहार आइतबारको दिन र युएईमा सार्बजनिक बिदा पनि आइतबार । त्यसैले सारजाह, आबुदाबी र दुबईमा नेपालीहरुले भव्यताकासाथ तिहार मनाए । बर दुबइको अल गुबैबा मेट्रो स्टेसन जसलाई नेपालीहरुले नेपाली पार्क भनेर चिन्ने गर्दछन । हो त्यहि पार्कमा नेपालीहरुको घुइचो लागेको थियो ।
नेपालीहरुको गलामा माला, शिरमा ढाका टोपीले सजिएर एकआपसमा चिया पिउदैको गफ, अर्को तर्फ नेपाली लोक दोहोरिमा नाचगान, दोहोरि गाउदै गरेको दृष्यले लाग्थ्यो यो नेपालको आफ्नै बस्ती र चोक हो । विभिन्न क्षेत्रबाट भेटघाट गर्ने थलो त्यसमा पनि तिहार भएको कारण घुइचो हुनु स्वभाविकै थियो तर विभिन्न मुलुकबाट आएका पर्यटकहरु पनि नेपालीहरुको यो दृष्य देखेर रोकिएर हेरी रहेका थिए ।
आफ्नै आफन्तको हातबाट टिका लगाउने त कम थिए भने यहा नै आफ्नो नभए पनि दाजुभाइ बनाएर पनि टिका लगाउनेहरु बढी मात्र देखिन्थे । नेपाली रेस्टुरेन्ट, यहाको विभिन्न पार्कहरुमा निधार भरि सप्तरंगी टिका र मालाले सजिएका हुन्थे । नेपालबाट व्यवसायको लागि दुबई आउनु भएका काठमांडुका अजित राज जोशी यो देखेर भन्नुहुन्छ, नेपालीहरु विस्वको जुन ठाउमा गए पनि आफ्नो कला र संस्कृतिलाइ भुल्दैनन भन्ने एउटा उदाहरण त छदैछ यदि नेपालमा नै रोजगारको अवसर भएको भए यिनीहरुले नै नेपालको अर्थतन्त्रमा राम्रो योगदान पुर्याउथे उहाको भनाइ छ । यस्तो देख्दा नेपालको झल्को आएको बताउनु भयो ।
चितवनका प्रेम कुमार र मन्दिरा दिदिभाइ हुन् यहा सुपरमार्केटमा काम गर्दै आएका र लगातार चार बर्ष टिकाटाला गर्दै आएकोले नेपाल जस्तै लाग्दै आएको उनीहरुले बताए । यता गोर्खाका राम नेपालीले भने दुख मान्दै भन्दै थिए के गर्नु कम्पनिले टिकट दिएको भए जान हुन्थ्यो तर घरको समस्याले आफ्नै पैसाले जान पनि सकिएन ।
पार्कको अर्को छेउ एक महिला मदिराको नशामा नाच्दै थिइन् उता एक जोडी टिकटक बनाउनमा मस्त थिए । दुइ दशकदेखि यहा काम गर्दै आएका नारायण भुषालले जोडी जोडी देख्दा ९० प्रतिशत आफ्नै जोडी होइनन भन्दै थिए । आफ्नो नै जोडी हुनेत बढीमा १० प्रतिशत मात्र हुन् । यसैले त धेरैका घरबारहरु बिग्रिएका छन् । काभ्रेकी कुमारी पोखराका श्याम सित लागेको ५ बर्ष भयो उनीहरुको नेपालमा आफ्नो जोडी अनि बलाबचाहरु पनि छन् तर खुलायम यहाँ आफ्नै जोडी झैँ हिड्ने गर्छन यसले पछी पर्न सक्ने असरलाई उनीहरुले सहजै लिन्छन उनले यसो भन्दै यदि भोलि घरमा थाहा भयो भने के हालत होला ?
जे होस् घरको समस्यालाइ समाधान गर्दै आफ्नो मौलिक परम्परालाई प्रवासमा पनि मनाउन पाउदा धेरैको अनुहारमा खुशी छाएको पाइएको थियो ।