आज मितिः २०८३ बैशाख ९ गते

भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु

पोखरा : भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक उडान हिजो तिहारका दिन आइतबारबाट सुरु गरेको छ।थाइले बैंककबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानसस्थलमा हिजो उडान गरेको हो। यससँगै अब थाइले भैरहवाबाट साताको २ दिन सोमबार र विहीबार उडान गर्नेछ।

बिहान ७ बजे विमानस्थलमा जहाज अवतरण गरेको थियो। लगत्तै बिहान ७:४० बजे बैंकक प्रस्थान गरेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।अब ८ नोभम्बर (२३ मंसिर) मा अर्को उडान हुने छ ।विमानमा चालक दलका ७ सदस्यहरु मात्रै आएका थिए। भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.