आज मितिः २०८१ कार्तिक २८ गते

यस बर्षको अरबी साहित्य तथा समाजसेवा सम्मान पुरस्कार नेपालका मियाँलाई

कलकत्ता-

भारतका पुर्व राष्ट्रपति डाक्टर एपिजे अब्दुल कलाम फाउन्डेसनले यस वर्षको अरबी साहित्य तथा समाजसेवा सम्मान पुरस्कार नेपालका प्रोफेसर मोहम्मद रमजान अली मियाँलाई प्रदान गरेको छ ।

फाउन्डेसनद्वारा आयोजित विशेष सम्मान कार्यक्रममा कतारबासी नेपाली तथा गैर आवासीय नेपाली संघका कानुनी सल्लाहकार एवं कतार स्थित राष्ट्रिय मानवअधिकार आयोगमा नेपाली समुदायका प्रतिनिधि मियाँलाइ उक्त पुरस्कार प्रदान गरिएको हो।

सो सम्मान तथा पुरस्कार ऐतिहासिक टाउन हलमा मेघालयका सभामुख पि सङ्बाको हातबाट प्रदान गरिएको थियोे ।

कार्यक्रममा भारतका विभिन्न मन्त्रालयका मन्त्री तथा राज्यमन्त्री लगायत हाउडाका मेयर डा रतिन चक्रवर्दीको पनि उपस्थिति रहेको थियो।

प्रोफेसर मियाँ करिब डेढ दशक भन्दा बढी कतारमा नेपाली समाजका विभिन्न सामाजिक कार्यहरुमा संलग्न रहि त्यहाँ रहेका आम श्रमिकको हितमा काम गर्दै र गैह्र अरबीलाई अरबी भाषाको शिक्षा दिंदै आउनु भएको छ।उनका हाल सम्म ४० वटा कृति प्रकाशित भैसकेका छन।

उक्त पुरस्कार ग्रहणका लागि मिया कतारबाट कलकत्ता पुग्नु भएको थियो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.