आज मितिः २०८१ फाल्गुन २ गते

सुन तस्करीमा कारबाही सिफारिस भएका एसपीलाई उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका एसपी सञ्जयसिंह थापालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उत्कृष्ट अनुसन्धानकर्ताका रूपमा पुरस्कृत गरेका छन् । ब्रेक सुमार्फत भएको सुन तस्करी घटनाको अनुसन्धानमा बदनियत राखेको भन्दै थापासहितका प्रहरीमाथि आयोगले गत चैतमा कारबाही सिफारिस गरेको थियो । ६९औँ प्रहरी दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा सोही अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै महानिरीक्षक कुँवरले उनलाई पुरस्कृत गरेका हुन् ।

 

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले सिआइबीकी तत्कालीन एआइजी किरण बज्राचार्य, एसपी थापा र डिएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरमाथि कारबाही सिफारिस गरेको थियो । केही आरोपीलाई कागज गराएर भगाएको, राजनीतिक नेतृत्वलाई जोगाएको आरोपमा कारबाही सिफारिस भएको थियो । आयोगको प्रतिवेदनका आधारमा एसपी थापालाई तत्कालै नुवाकोटको प्रहरी प्रमुखबाट हटाइएको थियो । तर, कसैमाथि पनि विभागीय कारबाही भएको थिएन । कारबाही सिफारिसमा परेकी एआइजी बज्राचार्य हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुख छिन् ।

 

उत्कृष्ट अनुसन्धानकर्तासम्बन्धी छनोटका लागि प्रहरी प्रधान कार्यालयले सुरुमा डिआइजी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरेको थियो । भट्टराईको कर्णाली प्रदेशमा सरुवा भएपछि एसएसपी गोविन्द थपलिया नेतृत्वमा समिति बनेको थियो । सोही समितिको सिफारिसलाई आधार बनाएर आइजिपी कुँवरले पुरस्कार दिएका हुन् ।- नयाँ पत्रिका

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.