आज मितिः २०८३ असार ६ गते

समाचार

सफा अर्गानिक मल किसानको रोजाइमा : सेफ सुपरमार्केटबाट विक्री सुरु  

सफा अर्गानिक मल किसानको रोजाइमा : सेफ सुपरमार्केटबाट विक्री सुरु  

चितवन -   सफा अर्गानिक मल किसानको रोजाईमा परेको छ । सफा उर्जा उत्पादन प्रा.लि.ले उत्पादन गरेर बजारमा ल्याएको उक्त अर्गानिक मल किसानहरुको रोजाईमा परेको हो । किसानहरुले रासायनिक मलको विकल्पको रुपमा सफा अर्गानिक मल प्रयोग गर्न थालेका छन् । रत्ननगर वडा नं १ बकुलहर स्थित सेभ सुपरमार्केटबाट समेत उक्त मलको विक्री सुरु गरिएको छ । साढे दुई बर्ष अघि देखि खैरहनीको चैनपुरमा उत्पादन हुँदै आएको उक्त मल चितवन जिल्ला सहित काठमाडौं तथा मुलुकका अन्य शहरहरुमा समेत विक्रीका लागि पठाउने गरिएको सफा उर्जा उत्पादन प्रा.लि.का निर्देशक निर्णय पौडेलले जानकारी दिए । कपडा सहित दैनिक उपभोग्य बस्तु एउटै भवनमा उपलब्ध गराउदै…
Read More
देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भागका केही स्थानमा र बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा मौसम बुलेटिनमा उल्लेख छ। देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेसलगायत कोशी,…
Read More
गैरकानुनी रूपमा बस्दै आएका सात नेपाली जापानको अध्यागमनद्वारा निष्कासन

गैरकानुनी रूपमा बस्दै आएका सात नेपाली जापानको अध्यागमनद्वारा निष्कासन

काठमाडौं- जापानले सात जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो।       निष्कासनमा पर्नेहरुलाई थाई एयरलाइन्सको विमानबाट नेपाल फर्काइएको हो।     जापानले यसै साता ७ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बसोबास गरेका उनीहरूलाई नेपाल फर्काइएको हो, ।     गत वैशाख अन्तिम साता पनि जापानले दुई जना नेपालीलाई निष्कासन गरेको थियो। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको थियो।
Read More
बारपाक फोटो प्रदर्शनी’ विद्यार्थीहरुद्वारा रुचिपूर्वक अवलोकन

बारपाक फोटो प्रदर्शनी’ विद्यार्थीहरुद्वारा रुचिपूर्वक अवलोकन

काठमाडौं- फोटो पत्रकार प्रकाश चन्द्र तिमिल्सेनाले खिचेका तस्बिरहरुको प्रदर्शनी विद्यार्थीहरुले रुचिपूर्वक अवलोकन गरेका छन् । भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित ुबारपाक फोटो प्रदर्शनीु अवलोकन गर्न एलआरई, जोन डेबी लगायत विभिन्न स्कुलका विद्यार्थीहरु पुगेका हुन्। तस्बिरहरु हेरेपछि विद्यार्थीहरुले बारपाक नपुगे पनि पुगेजस्तै महसुस भएको प्रतिक्रिया दिए । यो एउटा सिकाइकै पाटो भएको विद्यार्थीहरुको भनाइ छ । फोटो पत्रकार तिमिल्सेनाले भूकम्पको १० वर्षमा बारपाकमा देखिएको परिवर्तन तथा पुनर्निर्माण गर्दाका चुनौतीलाई तस्बिरमार्फत प्रदर्शनीमा राखेका छन् । २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दू भएर गएको भूकम्पपछिको भयावह अवस्था, बारपाकको आर्थिक अवस्था तथा सामाजिक भोगाइसँग सम्बन्धित ६० वटा फोटोहरु प्रदर्शनमा राखिएका छन् । बारपाक सुलिकोट…
Read More
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं-   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवं पठनपाठनलगायत कार्यमा पर्न गएकाले यस्तो अनुरोध गरेको जनाएको छ। मन्त्रालयले महासङ्घको प्रतिबद्धतासमेतका आधारमा आवश्यक व्ययस्था मिलाउन सम्पूर्ण सामुदायिक विद्यालयलाई अनुरोध गरेको उल्लेख गरेको छ। “पेसागत आन्दोलनका कार्यक्रममा शिक्षक तथा कर्मचारीको सहभागिताका कारण विद्यालयमा अनुपस्थितिलगायतका सवालको व्यवस्थापन गर्दै शिक्षकको मनोबल उच्च राख्दै विद्यालयको प्रशासकीय प्रबन्ध मिलाउन वाञ्छनीय भएकाले यस्तो आग्रह गरिएको हो”, विज्ञप्तिमा उल्लेख छ। यस्तै, शिक्षक…
Read More
गल्याङ नगरपालिकामा निःशुल्क छाती रोग परीक्षण शिविर सम्पन्न, ९ जनामा क्षयरोग पुष्टि

गल्याङ नगरपालिकामा निःशुल्क छाती रोग परीक्षण शिविर सम्पन्न, ९ जनामा क्षयरोग पुष्टि

स्याङ्जाको गल्याङ नगरपालिका–३ बल्पुकस्थित नगर अस्पतालमा २०८२ वैशाख ३१ गते सम्पन्न निःशुल्क छाती रोग परीक्षण शिविरमा ३५८ जनाले सेवा लिएका छन्। AI प्रविधियुक्त पोर्टेबल एक्स–रे मेसिनको प्रयोगबाट गरिएको परीक्षणमा ९ जनामा क्षयरोग (टीबी) पुष्टि भएको छ। नगरप्रमुख गुरु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए। पोर्टेबल एक्स–रे मेसिनको प्रयोगले ग्रामीण क्षेत्रमा छाती रोगको प्रारम्भिक पहिचानमा उल्लेखनीय योगदान पुर्‍याएको छ। यस प्रकारका शिविरहरूले क्षयरोगको प्रारम्भिक पहिचान र रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने नगरप्रमुख भट्टराईले बताए। उनले भविष्यमा पनि यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाए। शिविरमा सेवा लिएका सबै बिरामीहरूलाई आवश्यक परामर्श र उपचारका लागि…
Read More
आयरल्याण्ड पठाउने भन्दै ५१ लाख ९० हजार ठगी गर्ने दुईजना पक्राउ

आयरल्याण्ड पठाउने भन्दै ५१ लाख ९० हजार ठगी गर्ने दुईजना पक्राउ

काठमाडौँ -   वैदेशिक रोजगारीको लागि आयरल्याण्ड पठाउने भन्दै रु ५१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरी गरेको छ । पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ बस्ने ३५ वर्षीय प्रेमबहादुर साउद तथा सुर्खेत सिम्ता गाउँपालिका–८ बस्ने २१ वर्षीय ललित बोहरा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धानकार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, “बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाइ सम्पर्कविहीन भएकोमा पीडितहरूको उजुरीका आधारमा निज दुई जनालाई पक्राउ गरिएको हो ।” पक्राउ परेकामध्ये साउदले तीन जनालाई आयरल्याण्ड पठाउने भन्दै रु…
Read More
त्रिशूली नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता

त्रिशूली नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता

त्रिशूली- नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित त्रिशूली नदीमा आज साँझ नुहाउन गएका दुई बालिका बेपत्ता भएका छन्। विद्यालयबाट फर्केपछि साँझ ६ बजेतिर नुहाउन गएका सोही स्थानका ११ वर्षीया बालिकाहरु जेनी डङ्गोल र सदीक्षा राई नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। उहाँका अनुसार नदी किनारमा नुहाउने क्रममा सुरुमा एउटा बालिका डुबेपछि उनलाई बचाउने क्रममा दुवै जनालाई बगाएको सँगै नुहाउन गएका उनीहरुका साथीहरुले बताएका छन्। बगाएको सूचना पाएलगत्तै खोजी थाले पनि उनीहरुको अवस्था आज राति १० बजेसम्म पत्ता लाग्न नसकेको बेलकोटगढी–७ का वडाध्यक्ष भुवनेश्वर नेपालले जानकारी दिए। स्थानीयवासीको साथमा सुरक्षाकर्मी (नेपाल प्रहरी,…
Read More
उच्च पहाडी तथा हिमाली भू-भागका हिमपातको सम्भावना

उच्च पहाडी तथा हिमाली भू-भागका हिमपातको सम्भावना

काठमाडौं-   हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा चट्यांगसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखा अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा चट्यांगसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली…
Read More

सिटिइभिटीले जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै

काठमाडौं-   प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले ‘एसइई’मा प्राप्त गरेको ‘जिपिए’ अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ। विगतमा प्रवेश परीक्षा लिएर सोही आधारमा विद्यार्थी भर्ना गरेकामा अबदेखि प्राप्त ‘जिपिए’का आधारमा भर्ना गर्न लागेको हो। सिटिइभिटीका परीक्षा नियन्त्रक उमेश मिश्रले यही शैक्षिकसत्रबाट जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने जानकारी दिए। उहाँले भन्नुभयो, “अब विद्यार्थीले सिटिइभिटीअन्तर्गतका जुनसुकै विषय पढ्न प्रवेश परीक्षा दिनु पर्दैन।” प्रवेश परीक्षा लिइँदा विभिन्न नकारात्मक हल्ला फैलिएपछि जिपिएलाई आधार बनाएर विद्यार्थी भर्ना गर्न लागिएको उनले बताए। कतिपय पूर्वतयारी कक्षा चलाउनेहरूले विद्यार्थीलाई प्रवेश परीक्षा उत्तीर्ण गराउने जनाउँदै रकम लिएको गुनासोसमेत आएको जनाउँदै उनले अब यस्तो समस्या नहुने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.