गोरखा रत्ननगर सम्पर्क समाजको तेस्रो भेला रत्ननगरमा सम्पन्न
रत्ननगर - गोरखा रत्ननगर सम्पर्क समाजको तेस्रो भेला रत्ननगरमा शनिबार गरिएको छ। गोरखा जिल्लाबाट बसाइँसराइ गरी रत्ननगर नगरपालिकामा आएर बसेकाहरूको तेस्रो बृहत भेला रत्ननगरमा गरिएको हो । यसअघिको भेलाबाट गठित तदर्थ समितिले संस्था दर्तालगायतका आवश्यक काम सम्पन्न गरिसकेको र छिट्टै प्रथम साधारण सभा तथा अधिवेशन गर्ने तयारी भइरहेको समाजका अध्यक्ष बेद प्रसाद पाण्डेले जानकारी दिए । भेलाका प्रमुख अतिथि बागमती प्रदेशका सांसद कृष्ण खनालले गोरखाको ऐतिहासिक महत्त्व स्मरण गर्दै पृथ्वीनारायण शाहले गोरखाबाटै नेपाल एकीकरणको सुरुवात गरेको उल्लेख गरे। उनले संगठित भएर काम गर्दा ठूलो उपलब्धि हासिल गर्न सकिने बताए। यस्तै, वडा नम्बर १० का वडाध्यक्ष कलाधर पौडेलले संस्थामा आवद्ध…