आज मितिः २०८३ बैशाख ९ गते

सेनाले गर्यो चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार

Uddar News

काठमाडौं –

नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको छ।

 

 

इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला प्रहरी कार्यालय डोल्पा स्थानान्तरण भएर आउने क्रममा बाटोमा हिमपातका कारण अत्यधिक चिसो भई स्वास्थ्यमा समस्या आई प्रहरी चौकी धोमा बिरामी रहेका ती प्रहरीलाई हेलिकप्टरद्वारा दुई चरणमा अस्पताल पुर्‍याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

 

यसैबीच रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा डुबेर हुनसक्ने दुर्घटनालाई न्यूनीकरण गर्न नेपाली सेनाको श्रीनाथ गणले कुण्डको किनारामा आपतकालीन अवस्थामा प्रयोग गर्न तीन स्थानमा डोरीसहित लाइफबाइ ट्युब राखेको छ।

 

निकुञ्ज कार्यालयका पदाधिकारी, स्थानीय होटल व्यवसायी र गोसाइँकुण्ड मन्दिरका पुजारीसहितको उपस्थितिमा उक्त ट्युब जडान गरेको पनि सेनाले जनाएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.