आज मितिः २०८२ पुष ६ गते

कतार पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ लिने एक जना पक्राऊ

काठमाण्डौ –

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै १० लाख रकम ठगी गर्ने एक जना पक्राऊ परेका छन् ।

ठगी अभियोगमा काठमाडौं महानगरपालिका-३ बस्ने महोत्तरी सम्सी गाउँपालिका-५ घर भएका ४४ वर्षीय आनन्दकुमार साहलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

 

आनन्दकुमारले कतार पठाइदिन्छु भन्दै एकजना पीडितबाट १० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका- ७ बाट पक्राउ गरेको हो ।

 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.