यूएई । दोस्रो धरान हेल्पिङ ह्याण्ड्स कपको मुख्य प्रायोजकमा जोयलूकस एक्सचेन्ज यूएई रहने भएको छ ।
धरान हेल्पिङ ह्याण्ड्स तथा धरान युनाइटेड क्लबको संयुक्त आयोजनामा र यूएई नेपाली फुटबल संघको संयोजनामा हरेक वर्ष आयोजना हुने धरान हेल्पिङ ह्याण्ड्स कपको मुख्य प्रायोजकका रूपमा जोयलूकस रहने भएको हो।
संस्थाका अध्यक्ष ईश्वर श्रेष्ठ र जोयलूकसका जनरल म्यानेजर मरिश कर्णबीच आज सम्झौता भएको हो।
यूएईमा हुने सबैभन्दा प्रतिष्ठित नेपाली फुटबल प्रतियोगितामध्ये जोयलूकस धरान हेल्पिङ ह्याण्ड्स कप -२०२५ आगामी नोभेम्बर २९, २०२५ (शनिबार) दुल्स्को भिलेज दुबईमा आयोजना हुने भएको छ।
करीब १८ नेपाली क्लबहरूबीच हुने यो प्रतियोगिता यूएईमा रहेका नेपाली समुदायबीचका फुटबल क्लबहरूमध्ये ऐतिहासिक हुने संस्थाका अध्यक्ष ईश्वर श्रेष्ठले बताए।
प्रत्येक वर्ष हुने प्रतियोगितामा गत वर्षको संस्करण लमजुङ फुटबल क्लबले जितेको थियो।