आज मितिः २०८२ कार्तिक २३ गते

खैरहनीका रामेश्वरको दुवै मृगौला फेल, आर्थिक सहयोगका लागि अपिल

२० कार्तिक, खैरहनी – खैरहनी नगरपालिका वडा नं. ४, मेलमिलाप टोल, चैनपुर बस्ने ४१ वर्षीय रामेश्वर परियार विगत पाँच वर्षदेखि दुवै मृगौलाको समस्या भएपछि उपचाररत छन्। आफूसँग भएको पैसाले दुई वर्ष डाइलासिस गर्न सकेपनि त्यसपछि निरन्तर तीन वर्ष हप्तामा तीन पटक सरसापटमा डाइलासिस गर्नुपरेको उनी बताउँछन्।

रामेश्वरसँग दुई सानै छोराछोरी छन् , छोरी कक्षा १ र एक छोरा कक्षा ४ मा अध्ययनरत भएकोले परिवारको भविष्यसँगै आफ्नो जीवन बचाउन उनले आर्थिक सहयोगको अपिल गरेका छन्।

पाँच वर्षदेखि मृगौला पिडित भएर उपचार गरिरहे पनि स्थानीय निकायले बेवास्ता गरेको, कागजपत्रका लागि नगरपालिकाको कार्यालय गएका बेला स्थानिय प्रमुखसँग माग राख्दा सरकार प्रमुखले बेवास्ता गरेको तीतो अनुभव उनले सुनाए । अहिले अन्तिम सहारा भगवान र भगवानरुपी आम नेपाली दाजुभाइ मात्र बनेको उनि बताउछन ।

रामेश्वर पाँच वर्षदेखि भरतपुर सरकारी अस्पतालमा हप्तामा तीन पटक डाइलासिस गराइरहेका छन्। उनको धर्मपत्नी देवी परियार आफ्नो श्रीमानको जीवन बचाउन मृगौला दिन तयार छिन् , तर रक्त समूह नमिलेको कारण सम्भव भएको छैन। यद्यपि, रामेश्वरसँग रक्त समूह मिल्ने अर्का मृगौला पिडितको सहयोगबाट मृगौला साटासाट गर्ने सम्भावना बनेको हुँदा जीवन रक्षाको आशा पलाएको छ ।

डा. समूहले मृगौला प्रत्यारोपणका लागि करिब ११ लाख रुपैयाँ आवश्यक पर्ने बताएका छन्। आर्थिक अभावका कारण देश–विदेशमा रहेका सहयोगी नेपाली दाजुभाइहरूसँग सहयोगको अपिल गरिएको छ।

रामेश्वर र देवी परियारले सबैबाट मनकारी सहयोगको याचना गर्दै जीवन बचाउन हातेमालो गर्न आग्रह गरेका छन्।

सहयोगका लागि सम्पर्क मोवाईल नम्बर : ९८२३३४८०३२
सहयोगका लागि कृषि विकास बैंकमा रहेको बैंक खाता नम्बर : ०५०९१०३०२२५६६०१९

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.