चितवन-
चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा लाल भट्ट सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
संस्थाको छैठौं विश्व सम्मेलन तथा बाह्रौं साधारण सभाले २०८२–८४ कार्यकालका लागि भट्टको अध्यक्षतामा ११ जना नयाँ कार्यसमिति चयन गरेको हो।
नव–निर्वाचित कार्यसमितिमा इश्वर राज अधिकारी तथा सीता अधिकारी उपाध्यक्ष, मित्रलाल पाण्डे महासचिव, अर्जुन अधिकारी सचिव र राम बहादुर भट्टराई कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभयो।
कार्यसमिति सदस्यहरूमा अन्जु ढकाल, लिला पौडेल न्यौपाने, लक्ष्मण पौडेल, काशीराम कँडेल र मोहन खड्का रहनुभएको छ।
यस्तै उप–समितिहरूमा महानगर संयोजकम इन्दिरा पौडेल मरहठ्ठा , रवीलाल भट्टलाई मिडिया को–अर्डिनेटर तथा विजय अर्याल लेखा समिति संयोजक चुनिएका छन्।
निवर्तमान अध्यक्ष दीपक गौतम “लंकूखोले” ले नव–निर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै सफल, उपलब्धिपूर्ण र प्रभावकारी कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।
गौतमले कार्यक्रमलाई सफल बनाउन आर्थिक, भौतिक तथा प्राविधिक सहयोग प्रदान गर्ने सचिवालय, निर्वाचन मण्डल सबैलाई धन्यवाद दिनु भयो ।
समितिको प्रवास संयोजक पुन प्रकाश लामिछाने चयन हुनुभएको छ।