रास्वपामा गृहमन्त्री सुधन गुरुङसहित नौ केन्द्रीय सदस्य मनोनित
काठमाडौ- राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले गृहमन्त्री सुधन गुरुङसहित नौ केन्द्रीय सदस्य मनोनित गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकले गृहमन्त्री सुधन गुरुङ सुनिल लम्साल, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम सुप्रभात यादव, डा मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डा भक्तबहादुर राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो । बैठकले पार्टीका विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारीसमेत तोकेको छ । सहमहामन्त्रीमा पुरुषोत्तम सुप्रभात यादव, प्रवक्तामा जगदीश खरेल९ललितपुर०,कोषाध्यक्षमा डा मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ तथा सहप्रवक्तामा डा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनयन छ । पार्टी सचिवालय सदस्यमा गणेश पराजुली, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, पुरुषोत्तम सुप्रभात यादव, डा मनोहर प्रधान, कविन्द्र बुर्लाकोटी, जगदीश…