आज मितिः २०८३ आश्विन ६ गते

रत्ननगर नगर समितिमा उमेश गिरी नेतृत्वको टिमको उम्मेदवारी घोषणा

चितवन-

चितवनको रत्ननगर नगरपालिकाको नगर कमिटीमा उमेश गिरी नेतृत्वको टिमको उम्मेदवारी घोषणा भएको छ ।


नेपाली काँग्रेस १५ औ महाधिवेशन अन्तर्गत रत्ननगर नगर समितिको सभापति पदका उमेदवार उमेश गिरीको टिमले उम्मेदवारी घोषणा गरेको हो ।

आज मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि गिरी नेतृत्वको टिमले उम्मेदवारी घोषणागर्दै उमेदवारहरुको नामावली यस्तो छ ।
सभापतिमा उमेश गिरी, उपसभापति खुल्लातर्फ हरि लामिछाने
उपसभापति महिलामा शरला रेग्मी, सचिव शुरेशजंग पाण्डे,
सह सचिव, शुशिला चौधरी रहनु भएको छ।

संविधान सभा सदस्य सावित्रीदेवी चौधरी प्रमुख अतिथि रहेको पत्रकार सम्मेलनमा रत्ननगरका मेयर तथा नगर सभापति प्रलाद सापकोटा, नेताहरु किरण भूषण ओली, राजु प्रसाद सिलवाल, वडा सभापति इश्वर प्रसाद खनालले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा उम्मेदवारको परिचय सहित सहजीकरण नगर सचिव अनिता अर्यालले सञ्चालन गर्नु भएको थियोे।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.