आज मितिः २०८३ आश्विन ६ गते

चितवनको रत्ननगर नगरपालिकाको नगर सभातिमा रामहरि न्यौपानेको उम्मेदवारी घोषणा

चितवन –

नेपाली काँग्रेस १५ औ महाधिवेशन अन्तर्गत रत्ननगर नगर समितिको सभापति पदका लागि रामहरि न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् ।

आज मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि न्यौपाने नेतृत्वको टिमले उम्मेदवारी घोषणा गरेको हो ।

नगर पदाधिकारी उमेदवारहरुमा सभापति रामहरि न्यौपाने, उपसभापति खुल्ला नारायण महतो उपसभापति महिला तर्फ रिता काप्री, सचिव इ.सुवर्ण प्रसाद घिमिरे, सह सचिवमा पुरषोतम लामिछाने प्रस्तुत भएका छन् ।

राष्ट्रिय सभा सदस्य गीता देवकोटाको प्रमुख अतिथि रहेको पत्रकार सम्मेलनमा माधव अर्याल, बासु ढुंगाना लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा उम्मेदवारहरुको बारेमा विस्तृत जानकारी सहित पूर्व नगर सभातिमा रुपन राज घिमिरेले सहजीकरण गर्नु भएको थियो।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.