आज मितिः २०८३ आश्विन ५ गते

कालिका नगरपालिकाबाट सभापतिमा रमेश जङ्ग थापाले उम्मेदवारी दिने

चितवन –

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कालिका नगरपालिकाबाट सभापतिमा रमेश जङ्ग थापाले उम्मेदवारी दिने भएका छन ।

युवा सहभागिता, संगठन सुदृढीकरण, समाजसेवा र समुन्नत कालिकाको निर्माणलाई प्राथमिकतामा राख्दै उहाँले आफ्नो उम्मेदवारी दिने बताउनु भएको हो ।

युवाको आवाज बुझ्ने, गरिब तथा विपन्न जनताको दुःख पीडा महसुस गर्ने र सबै वर्गलाई साथमा लिएर अघि बढ्ने असल नेतृत्व आजको आवश्यकता रहेकोे उहाले जानकारी दिनु भयो ।

अब बहस व्यक्ति होइन नीति, विचार, योजना र कामको होस्।
कालिकाको विकास र जनताको हितका लागि बोल्नेभन्दा गरेर देखाउने नेतृत्व आवश्यक रहेको भन्दै आफुले उम्मेदवारी दिने बताउनु भएको हो ।

युवाको भरोसा, जनताको साथ र समुन्नत कालिकाको संकल्प
नै आफू भएको थापाले जिकिर गरे ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.