कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आज सार्वजनिक
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ६४।३१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। यस वर्ष नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। जसमध्ये २ लाख ६८ हजार १९० जना विद्यार्थीले सफलता हात पारेका छन्। नियमिततर्फको नतिजा विश्लेषण गर्दा सहभागी ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये ६९।७५ प्रतिशत अर्थात् २ लाख ३१ हजार ७७० विद्यार्थी सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन्। सोही समूहका १ लाख ४७१ विद्यार्थीले भने ‘एनजी’ ९नन–ग्रेड० मा परेका छन् । यो कुल परीक्षार्थी…