आज मितिः २०८३ जेष्ठ ३१ गते

अमेरिकाले पाराग्वेलाई ४–१ गोलले हरायो

 

काठमाण्डौ –

 

फिफा विश्वकप फुटबलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलले हरायो ।लस एन्जलस स्टेडियममा बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई ४–१ गोलले हराएको हो ।

खेलको पहिलो हाफमै अमेरिकाले ३ गोल गर्यो । खेलको ७ औँ मिनेटमा पाराग्वेका डेमियन बोबाडिल्लाको गोलबाट अमेरिकाले अग्रता लिएको थियो ।

 

३१औं मिनेटमा फोलारिन बालोगुनले गोल थपे । पहिलो हाफको इन्जुरी समयमा फोलारिनले नै व्यक्तिगत दोस्रो गोल गर्दे अमेरिकाको अग्रतालाई तेब्बर बनाए । खेलको अन्तिम मिनेटमा अमेरिकाका जियोभन्नी रियानले गोल थपे ।

 

पाराग्वेका लागि मौरिसियोले ७३ औँ मिनेटमा एक गोल फर्काए । घरेलु भूमिमा ३२ वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरुआत गरेको हो ।

 

विश्वकप फुटबलमा आज मध्यराति पौने १ बजे कतार र स्वीजरल्याण्ड, पौने ४ बजे ब्राजिल र मोरक्को तथा भोलि बिहान पौने ७ बजे हाइटी र स्कटल्याण्डले खेल्दैछन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.