काठमाडौं –
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ६४।३१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्।
यस वर्ष नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। जसमध्ये २ लाख ६८ हजार १९० जना विद्यार्थीले सफलता हात पारेका छन्। नियमिततर्फको नतिजा विश्लेषण गर्दा सहभागी ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये ६९।७५ प्रतिशत अर्थात् २ लाख ३१ हजार ७७० विद्यार्थी सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन्। सोही समूहका १ लाख ४७१ विद्यार्थीले भने ‘एनजी’ ९नन–ग्रेड० मा परेका छन् । यो कुल परीक्षार्थी संख्याको करिब ३०।२५ प्रतिशत हो।
नतिजाअनुसार उत्तीर्ण विद्यार्थीमध्ये सबैभन्दा धेरै २।८१ देखि ३।२० जीपीए प्राप्त गर्ने समूहमा रहेका छन्। विवरणअनुसार ३।६१ देखि ४।० जीपीए ल्याउने १७ हजार ७८६ जना, ३।२१ देखि ३।६० जीपीए ल्याउने ६४ हजार ८२१ जना र २।८१ देखि ३।२० जीपीए ल्याउने ९४ हजार २४९ जना रहेका छन्। त्यसैगरी, २।४१ देखि २।८० जीपीए ल्याउने ५० हजार ५९७ जना, २।०१ देखि २।४० जीपीए ल्याउने ४ हजार ३०८ जना र १।६१ देखि २।०० जीपीए ल्याउने ९ जना विद्यार्थी रहेका छन्।
विद्यार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट, नेपाल टेलिकमको वेबसाइट तथा एसएमएस सेवामार्फत हेर्न सक्नेछन्।