काठमाडौँ-
सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न मिल्ने सेवा सुरु गरेको छ । राष्ट्रिय परिचयत्रप तथा पञ्जीकरण विभागले बिहीबार देखि परीक्षणका रूपमा उक्त सेवा सुरु गरेको हो ।
विभागको राष्ट्रिय परिचयपत्रसम्बन्धी वेभसाइट जततउकस्ररअष्तष्शभलउयचतब।िमयलष्मअच।नयख।लउरलभ मार्फत व्यक्तिको फोटो र अनलाइन ‘भेरिफिकेसन’ क्युआर कोडसहितको परिचयपत्र कार्ड डाउनलोड गर्न सकिनेछ ।
सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नं २ मा ‘विभागको प्रणालीबाट व्यक्तिको फोटो र क्युआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्ने प्रणाली निर्माण गर्ने’ उल्लेख गरे अनुसार सुरु गरेको हो।
राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त भएका नागरिकले नाम ९नेपाली वा अङ्ग्रेजी०, जन्ममिति र नागरिकता जारी मिति पेस गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्ने विभागले जनाएको छ ।