आज मितिः २०८३ आश्विन १२ गते

ब्रेकिङ न्यूज

नेपाल यूएईसँग ४-० गोलले पराजित

नेपाल यूएईसँग ४-० गोलले पराजित

काठमाण्डौं- विश्वकप फुटबल २०२६ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बिहीबार यूएईसँग ४-० गोलले पराजित भएको छ। दम्मामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा भएको खेलमा यूएईले सुरुमै २ मिनेटको अन्तरमा २ गोल गर्दै खेलमा दबाब बनाएको थियो। नेपालले पहिलो हाफमा खेलमा फर्कने अवसर पाएपनि सदुपयोग हुन सकेन। ३५ औँ मिनेटमा सनिष श्रेष्ठले गरेको क्रसमा पहिलो बार नजिकै रहेका जिलेप्सीजङ कार्कीले बललाई गोलपोस्टको फ्रेममा प्रहार गर्न सकेनन्। नेपालले गरेको प्रहार दुईपटक बारमा लागेर फर्कियो। संजिव विष्टले गरेको हेड प्रहार पहिलो बारमा लागेर फर्कँदा विशाल बस्नेतले प्रहार गर्दा डिफ्लेक्ट हुँदै क्रस बारमा लागेर बाहिरिएको थियो। यूएईका हरिब सुहैलले १२ र १४…
Read More
आज कतै हावाहुरी कतै वर्षाको संम्भावना

आज कतै हावाहुरी कतै वर्षाको संम्भावना

काठमाडौ- जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । देशका केही क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ । वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।   आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   मधेस प्रदेशमा हावाहुरीको पनि सम्भावना छ…
Read More
११ देशका राजदूत फिर्ता बोलाइए

११ देशका राजदूत फिर्ता बोलाइए

काठमाडौं-   सरकारले विभिन्न ११ देशका लागि नियुक्त राजदूतहरूलाई फिर्ता बोलाएको छ। मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो। सरकारले अमेरिकाका लागि राजदूत श्रीधर खत्री, भारतका लागि राजदूत डा। शंकरप्रसाद शर्मा, बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य, दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, डेनमार्कका लागि राजदूत डा.रामस्वार्थ राय, साउदी अरबका लागि राजदूत नवराज ढकाल, कतारका लागि राजदूत नरेशविक्रम ढकाल, मलेसियाका लागि राजदूत डिल्लीराज पौडेल, इजरायलका लागि राजदूत कान्ता रिजाल, स्पेनका लागि राजदूत शर्मिला पराजुली ढकाललाई फिर्ता गरेको हो। यता पोर्चुगलका लागि नियुक्त भएका, तर जान नपाएका राजदूत सनिल नेपालको नियुक्ति पनि मन्त्रिपरिषद्ले बदर गरेको छ। कूटनीतिक स्रोतहरूका अनुसार सरकारले राजदूतहरूलाई एक…
Read More
पूर्वी चितवन कृषि सहकारीले अब अर्गानिक चियापति बिक्री गर्दै

पूर्वी चितवन कृषि सहकारीले अब अर्गानिक चियापति बिक्री गर्दै

चितवन- पूर्वी चितवनको रत्ननगरमा रहेको पूर्वी चितवन कृषि सहकारी संस्था लिमिटेडले अब अर्गानिक चियापति बिक्री गर्ने भएको छ । एक कार्यक्रमवीच आज विहिबार रत्ननगर १३ मा रहेको आफ्नै कार्यालयमा स्वदेशी कृषि उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्धेश्यले इलाममा उत्पादित चियापतिलाई प्याकेजिङ गरी बिक्री वितरण गर्ने जानकारी दिएको हो । किसानको उन्नती, देशको प्रगति मूल नारा रहेको कृषि सहकारीले सिता चिया तथा घरेलु मसला उद्योग झापाको उत्पादन रहेको शुभ कदम गोल्ड मसला चियालाई आधिकारीक रुपमा विक्रि गर्ने भएको हो । कार्यक्रममा प्रमुख अतिथि एवं रत्ननगर नगरपालिकाका आर्थिक मामिला तथा कृषि संयोजक सोहेन्द्र खरेलले कृषि सहकारीले गर्ने हरेक कार्यमा नगरपालिकाले आवश्यक सहयोग…
Read More
झापामा जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

झापामा जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

झापा- झापाको मेचीनगरमा बुधबार राति सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका–१२ धाइजनस्थित मेची लोकमार्गमा बिग्रिएर रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे७प ७२८३ नम्बरको स्कुटरले सडकको बायाँतर्फ बिग्रिएर रोकिराखेको को१च ७२६४ नम्बरको जिपमा ठक्कर दिएको हो। मृत्यु हुनेमा स्कुटर चालक बुद्धशान्ति–५ का २५ वर्षीय लीलाप्रसाद ढुङ्गेल र त्यसमा सवार इलामको रोङ गाउँपालिका–५ बहुवनका २९ वर्षीय चेतन रिजाल रहेको प्रहरीले जनाएको छ।  
Read More
सुनको मूल्य बढ्यो, तोलाको १ लाख ४४ हजार

सुनको मूल्य बढ्यो, तोलाको १ लाख ४४ हजार

काठमाडौं- सुनको मूल्यले हिजो बुधबारको तुलनामा आज सुन तोलामा १८ सय रुपैयाँ भाउ बढेको छ। बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन आज १ लाख ४४ हजार रुपैयाँ पुगेको छ। यसअघि मंगलबार हालसम्मकै उच्च तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको थियो। बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि अन्तर्राष्ट्रिय भन्दा उच्च दरले सुन महँगिएको हो।  
Read More
चितवनको भरतपुरमा कृषक दिवस समारोह सम्पन्न

चितवनको भरतपुरमा कृषक दिवस समारोह सम्पन्न

आशिष अधिकारी/ भरतपुर चितवनको भरतपुरमा कृषक दिवस समारोह सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १४ मा बिहिवार सयुक्त कृषक दिवस समारोह सम्पन्न भएको हो । कृषकहरूलाई उत्पादनसग जोड्न र उत्पादन वृद्धि गर्ने उदेश्यले सयुक्त कृषक दिवस समारोहको आयोजना गरिएको हो । बिषादी रहित र अर्गानिक कृषि उत्पादनमा जोड दिनका लागि कृषकहरुमा जनचेतना जगाउने र घर घर सम्म बिषादी रहित तरकारी उत्पादन गर्न कृषकहरुलाइ प्रोत्साहन गर्नका लागि सयुक्त कृषक दिवस समारोहको आयोजना गरिएको भरतपुर महानगरपालिका कृषि तथा पशुपक्षि प्रबर्द्धन महाशाखा प्रमुख तेजेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो । किसानकै खेतबारीमा गएर बाली उत्पादन अवधिभर सामूहिक रुपमा किसानहरुलाई सिकाइने कृषक पाठशाला…
Read More
मोदीले दिए राजीनामा, तेस्रो कार्यकालका लागि जुन ८ मा शपथ

मोदीले दिए राजीनामा, तेस्रो कार्यकालका लागि जुन ८ मा शपथ

नयाँ दिल्ली- प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ ९शनिबार० मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने भएका छन्। प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा बुधबार भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ९एनडिए० को बसेको बैठकमा मोदीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ। बैठकमा जनता दल ९युनाइटेड० प्रमुख नितिश कुमार र तेलुगु देशम पार्टी ९टीडीपी० प्रमुख एन चन्द्रबाबु नायडूको सहभागितालाई महत्त्वपूर्ण कदम मानिएको छ। भाजपालाई सरकार बनाउनका लागि उहाँहरूको दलको समर्थन महत्त्वपूर्ण छ। यसपटकको लोकसभा निर्वाचनमा भाजपा बहुमतको आँकडा दुई सय ७२ भन्दा ३२ सिटले पछि परेको छ र सरकार बनाउन उसले आफ्ना सहयोगीहरूमा निर्भर रहनुपर्नेछ। भारतको निर्वाचन आयोगले मङ्गलबार सार्वजनिक…
Read More
भारतले आयरल्याण्डलाई ८ विकेटले हरायो

भारतले आयरल्याण्डलाई ८ विकेटले हरायो

काठमाडौं- आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले आयरल्याण्डलाई ८ विकेटले हराएको छ ।   हिजो अमेरिकाको न्यूयोर्कमा भएको आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई ८ विकेटले हराएको हो।​ आयरल्याण्डले दिएको ९७ रनको सामान्य लक्ष्य भारतले १२ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो। भारतका लागि कप्तान रोहित शर्माले ५२ र ऋषभले ३६ रन बनाए। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्डले १६ ओभरमा अलआउट हुँदै ९६ रन मात्र बनाएको थियो। उसका लागि ग्यारेथ डेलानीले २६, जस लिटिलले १४, कर्टिस क्याम्फेरले १२ र लोर्कान टकरले १० रन बनाए। आयरल्याण्डलाई सस्तैमा समेट्न भारतका हार्दिक पाण्डेयले ३, अर्शदीप सिंह र जसप्रित बुमराहले समान २/२ तथा…
Read More

अब पर्यटक बनेर वा अवैधानिक रूपमा प्रवेश गरेर पोर्चुगलमा कार्ड नबन्ने

काठमाण्डौं- अबदेखि पर्यटक बनेर वा अवैधानिक रूपमा प्रवेश गरेर पोर्चुगलमा कार्ड नबन्ने भएको छ । त्यहाँको सरकारले अब आप्रवासी सम्बन्धी कानुन नै परिवर्तनका लागि हाउसमा छलफल गर्नेछ । सरकारले छलफलपछि कानुनमा नै परिवर्तन ल्याउने प्रयास थाल्ने भएको छ । पोर्चुगल सरकारले रेसिडेन्सी कार्डका लागि आवेदन दिने सिष्टम नै सटडाउन भइसकेको जनाएको छ । पोर्चुगल सानो मुलुक र आप्रवासीको संख्या धेरै भएकाले स्थानीयलाई समेत शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सुविधा लिन पनि प्रतिकूल बन्दै गएकोले पनि सरकारले त्यस्तो निर्णय गरेको हो । पोर्चुगलको सपना देखेर नेपालदेखि रोमानिया, माल्टा, क्रोएशिया जस्ता देशहरूका भिसा प्रक्रिया थालेका हजारौं नेपाली पनि प्रभावित बन्ने छन्।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.