आज मितिः २०८३ बैशाख ८ गते

११ देशका राजदूत फिर्ता बोलाइए

Uddar News

काठमाडौं-

 

सरकारले विभिन्न ११ देशका लागि नियुक्त राजदूतहरूलाई फिर्ता बोलाएको छ। मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

सरकारले अमेरिकाका लागि राजदूत श्रीधर खत्री, भारतका लागि राजदूत डा। शंकरप्रसाद शर्मा, बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य, दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, डेनमार्कका लागि राजदूत डा.रामस्वार्थ राय, साउदी अरबका लागि राजदूत नवराज ढकाल, कतारका लागि राजदूत नरेशविक्रम ढकाल, मलेसियाका लागि राजदूत डिल्लीराज पौडेल, इजरायलका लागि राजदूत कान्ता रिजाल, स्पेनका लागि राजदूत शर्मिला पराजुली ढकाललाई फिर्ता गरेको हो।

यता पोर्चुगलका लागि नियुक्त भएका, तर जान नपाएका राजदूत सनिल नेपालको नियुक्ति पनि मन्त्रिपरिषद्ले बदर गरेको छ। कूटनीतिक स्रोतहरूका अनुसार सरकारले राजदूतहरूलाई एक महिनाको समय दिएर फिर्ता हुन भनेको छ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.