आज मितिः २०८३ बैशाख १९ गते

पूर्वी चितवन कृषि सहकारीले अब अर्गानिक चियापति बिक्री गर्दै

चितवन-

पूर्वी चितवनको रत्ननगरमा रहेको पूर्वी चितवन कृषि सहकारी संस्था लिमिटेडले अब अर्गानिक चियापति बिक्री गर्ने भएको छ ।

एक कार्यक्रमवीच आज विहिबार रत्ननगर १३ मा रहेको आफ्नै कार्यालयमा स्वदेशी कृषि उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्धेश्यले इलाममा उत्पादित चियापतिलाई प्याकेजिङ गरी बिक्री वितरण गर्ने जानकारी दिएको हो ।

किसानको उन्नती, देशको प्रगति मूल नारा रहेको कृषि सहकारीले सिता चिया तथा घरेलु मसला उद्योग झापाको उत्पादन रहेको शुभ कदम गोल्ड मसला चियालाई आधिकारीक रुपमा विक्रि गर्ने भएको हो । कार्यक्रममा प्रमुख अतिथि एवं रत्ननगर नगरपालिकाका आर्थिक मामिला तथा कृषि संयोजक सोहेन्द्र खरेलले कृषि सहकारीले गर्ने हरेक कार्यमा नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो । उहाँले अझ रत्ननगरमा किसानले उत्पादन गरेका कृषि उपज परिकारहरुलाई बजारी करण गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा पूर्वी चितवन कृषि सहकारी संस्थाका अध्यक्ष केशव अर्यालले चिया विशुद्ध अर्गानिक प्याकेजिङ गरिएको र छुट्टै स्वाद पाउन सकिने बताउनु भयो । उहाँले सहकारीले चिया संगै चितवनमा अब अन्य आफ्नै उत्पादन गरेर विक्रि वितरण गर्ने पनि जनाउनु भयो । अध्यक्ष अर्यालले केरा खेतीको लागि आवश्यक जग्गा खोजि रहेको र छिट्टै केरा खेतीका लागि काम अगाडि बढाउने बताउनु भयो ।

पूर्वी चितवन कृषि सहकारी संस्थाकी सचिव दुर्गा कुमारी भट्टराईले संञ्चालन गर्नु भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका कृषि तथा पशु विभाग प्रमुख प्रविण गुरुङ, शुभ कदम चियाका प्रतिनिधि नरेश सापकोटा, चक्र बहादुर कार्की, उद्योग ब्यापार संघका अध्यक्ष खिमानन्द पौडेल, रत्ननगर १३ वडा सदस्य सारदा न्यौपाने, संस्थाका सदस्य तेज प्रसाद बञ्जारा लगायतले मन्तव्य राख्नु भएको थियो ।

उपस्थित शेयर सदस्य तथा अतिथिहरुलाई संस्थाका कृषि उपसमिति सदस्य मेघनाथ भट्टले स्वागत मन्तव्य राख्नु भएको थियो ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.