आज मितिः २०८१ चैत्र ६ गते

झापामा जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

झापा-

झापाको मेचीनगरमा बुधबार राति सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका–१२ धाइजनस्थित मेची लोकमार्गमा बिग्रिएर रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे७प ७२८३ नम्बरको स्कुटरले सडकको बायाँतर्फ बिग्रिएर रोकिराखेको को१च ७२६४ नम्बरको जिपमा ठक्कर दिएको हो।

मृत्यु हुनेमा स्कुटर चालक बुद्धशान्ति–५ का २५ वर्षीय लीलाप्रसाद ढुङ्गेल र त्यसमा सवार इलामको रोङ गाउँपालिका–५ बहुवनका २९ वर्षीय चेतन रिजाल रहेको प्रहरीले जनाएको छ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.