आज मितिः २०८३ बैशाख ८ गते

नेपाल यूएईसँग ४-० गोलले पराजित

काठमाण्डौं-

विश्वकप फुटबल २०२६ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बिहीबार यूएईसँग ४-० गोलले पराजित भएको छ।

दम्मामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा भएको खेलमा यूएईले सुरुमै २ मिनेटको अन्तरमा २ गोल गर्दै खेलमा दबाब बनाएको थियो। नेपालले पहिलो हाफमा खेलमा फर्कने अवसर पाएपनि सदुपयोग हुन सकेन। ३५ औँ मिनेटमा सनिष श्रेष्ठले गरेको क्रसमा पहिलो बार नजिकै रहेका जिलेप्सीजङ कार्कीले बललाई गोलपोस्टको फ्रेममा प्रहार गर्न सकेनन्।

नेपालले गरेको प्रहार दुईपटक बारमा लागेर फर्कियो। संजिव विष्टले गरेको हेड प्रहार पहिलो बारमा लागेर फर्कँदा विशाल बस्नेतले प्रहार गर्दा डिफ्लेक्ट हुँदै क्रस बारमा लागेर बाहिरिएको थियो। यूएईका हरिब सुहैलले १२ र १४ औँ मिनेटमा गोल गरेका थिए। अली सालेहले ५३ र हाजेम अब्बासले ७५ औँ मिनेटमा गोल थपेका थिए।

५ खेलबाट १५ अंक भएको यूएई समूहको शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको बहराइनको ५ खेलबाट १० अंक छ। यमनले ४ अंक जोडेको छ। बिहीबारको अर्को खेलमा यमन र बहराइनबीच गोलरहित बराबरी भयो।

समूहको आफ्नो अन्तिम खेलमा नेपालले अब जुन ११ तारिखमा यमनसँग प्रतिस्पर्धा गर्ने छ। दोस्रो चरणमा नेपालले एक गोल पनि गर्न सकेको छैन। ५ खेलमा नेपालले १८ गोल ब्यहोरेको छ। यूएई फिफा वरियतामा नेपालभन्दा एक सय ११ औँ स्थान माथीको टोली हो।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.