आज मितिः २०८३ बैशाख ८ गते

रत्ननगरमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण

रत्ननगर –

चितवनको रत्ननगर नगरपालिका वडा नं. ५ झुवानीमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको छ । नगर स्वास्थय केन्द्र टराैलीमा नियमित स्वास्थय परिक्षण गराउदै आएका  गर्भवती तथा सुत्केरी महिलाहरुका लागि मातृशिशु तथा पोषण कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको हो ।

स्वास्थ केन्द्रमा नियमित स्वास्थय परिक्षण गराएका  सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाना र सरसफाइका लागि पालन गर्नु पर्ने नियमका बारेमा सचेत गराउदै नाैनी घ्यू ,अण्डा लगायतका सामाग्री हस्तान्तरण गरिएको  वडाध्यक्ष बालकृष्ण चापागाईले जानकारी दिए ।

गर्भवती तथा सुत्केरि महिला हरुको पोषण आहार व्यवहार परिवर्तन गर्ने लक्ष्यका साथ नाैनी घ्यू ,अण्डासहित, साबुन, टाबेल, लगाएतका सामाग्रीहरु  हस्तान्तरण गरिएको  वडाध्यक्ष चापागाईले बताए ।

यस्तै बालबालिकाहरुका लागि आवश्यक पौष्टिक आहार र गर्भवती तथा सुत्केरी महिलाहरुका लागि सरसफाइमा ध्यान दिन सचेत समेत गराईएकाे  स्वास्थय केन्द्रका प्रमुख सिनियर अहेब गाेविन्द प्रसाद शर्माले जानकारी दिए ।

स्वास्थ्य केन्द्र मार्फत नियमित स्वास्थ्य परिक्षण गराएका ६५ जनालाई आवश्यक पौष्टिक आहार बितरण गरिएकाे शर्माले वताए ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.