आज मितिः २०८३ बैशाख ८ गते

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी, भोलि शफत लिने

काठमाडौं-

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो। एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

मोदीले भोलि साँझ ६ बजे शपथ लिनेछन्। उनी लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बनेका हुन्। सन् २०१४ देखि मोदी प्रधानमन्त्री छन्।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.